• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   निर्देशक सुदर्शन थापा पक्राउ ★   जब विद्यार्थी संसदीय अभ्यास बुझ्न दर्शक–दीर्घामा पुगे… ★   ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित ★   पसिना–पसिना हुँदै चोर्न गएको चोर एसीको हावामा मस्त निदाए, प्रहरीले उठाउँदा पनि उठेनन् ★   यूएन पार्क–कुपण्डोल खण्डको पिच सडकबाट सारियो बत्तीको पोल ★   सुशान्त सिंह राजपुतको घरमा सरिन् अदा शर्मा ★   हुलाकी सडक: अङ्कुराउँदै छन् समृद्धिका सपना ★   वैदेशिक ऋण लिएर संघीयता धान्ने कुरा गलत छ: चित्रबहादुर केसी ★   १२ वर्षपछि टी–२० विश्वकपमा पहिलो सुपर ओभर ★   चोयामा सीप भरेर आत्मनिर्भर बनेकी घोराहीका ढाटु चौधरी

महानगरले हटाउन थाल्यो अण्डरग्राउण्ड पार्किङका पसल



काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङका पसल हटाउन सुरू गरेको छ । मेयर बालेन्द्र शाहको स्थलगत उपस्थितिमा बानेश्वर क्षेत्रको अन्डरग्राउण्ड पार्किङका पसल हटाउन सुरू गरेको हो ।

अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि सटर राखि व्यपार गरेको पाइएपछि महानगरले उक्त पसलहरु हटाउन सूचनामार्फत जानकारी गराएको थियो । ३५ दिने म्याद सकिदासम्म पनि सटर खालि नगरेपछि महानगरले आजदेखि स्थलगतरूपमा कारबाही सुरु थालेको हो ।

नगर प्रहरीले ट्राफिक प्रहरीको सहयोगमा त्यस्ता पसलहरू हटाउन निर्देशन दिइरहेका छन् ।