• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   युद्धविरामका लागि इजरायली प्रस्ताव अध्ययन गरिँदै: हमास ★   आगामी डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेछौँ: प्रधानमन्त्री ★   दर्शकको साथ पाए नेपाली चलचित्रले ★   निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो ★   दाङको राजपुुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले ★   २५० रन जोगाउन पनि गाह्रो भन्दै ऋषभ पन्तले इम्प्याक्ट प्लेयरको नियममा प्रश्न उठाए ★   हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण ★   पीएसएलमा हिरो, आईपीएलमा जिरोः ल्यूक वुडको नाममा ‘लाजमर्दो’ कीर्तिमान ★   सर्वसाधारण भन्छन्– लगानी सम्मेलन लगानी भित्र्याउने राम्रो अवसर हो ★   नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर

पेस्तोलसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ



काठमाडौं । मोरङ्ग जिल्लाको सुनवर्षी नगरपालिका ८ खरेवारी सीमा ईलाकाबाट भाद्र ५ गते सशस्त्र प्रहरीले दुई वटा पेस्तालसहित सोही ठाउँ बस्ने २८ वर्षिय आरिफ आलमलाई पक्राउ गरेको छ ।

को २७ प ४०६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीले एउटा अटोमेटिक चाईनिज पेस्तोल, सोको एक वटा म्याग्जीन तथा एक राउण्ड गोली र एउटा सिक्सर पेस्तोलसहित पक्राउ गरेको हो ।

आलमले उक्त पेस्तोल सोही जिल्लाको उर्लावारी नगरपालिका ६ बस्ने २९ वर्षिय नविन धिमालले मगाएको भनि दिएको मौखिक बयानको आधारमा धिमाललाई पनि मोरङ्ग जिल्लाको रतुवामाई नगरपालिका ८ दाम्राभिट्टाबाट पक्राउ गरिएको छ ।

धिमालले प्रयोग गरेको को २२ प ६७०७ नम्बरको मोटरसाईकल तथा ४७ हजार ७ सय ७० नेपाली रुपैयाँ र दुई थान मोवाईल सेट समेत बरामद भएको छ ।पक्राउ परेका दुवै जनालाई बरामद पेस्तोल, म्याग्जिन, गोली, मोटरसाईकल,रुपैयाँ र मोवाईल सहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाईएको छ।

यसै गरी सशस्त्र प्रहरी बल नेपाल बिओपी बनैनियाले भाद्र ५ गते सप्तरी जिल्लाको राजगढ नगरपालिका २ बनैनिया सीमा ईलाकाबाट एउटा कटुवा पेस्तोल तथा सोको एउटा गोली बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उनीहरुले बोकेको शंकास्पद वस्तु छाडी फरार भएपछि सो बस्तु जाँच गर्दा उक्त पेस्तोल तथा गोली बरामद गरिएको हो ।