• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता ★   राष्ट्रपतिद्वारा संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   अर्थसमिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन: पूर्वअर्थमन्त्री पौडेल ★   ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छः मुख्यमन्त्री कार्की ★   जसपाका नवनियुक्त मन्त्रीले लिए सपथ ★   राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं: गभर्नर ★   संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल

२५० रन जोगाउन पनि गाह्रो भन्दै ऋषभ पन्तले इम्प्याक्ट प्लेयरको नियममा प्रश्न उठाए



एजेन्सी । आईपीएलको जारी सिजनमा फेरि बलरहरू महँगो सावित भएका छन् । यस पटक दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सका बलरलाई ‘धुलो चटाउँदै’ २५७ रनको विशाल स्कोर बनायो ।

तर, यसका बाबजुद पनि दिल्लीले जितका लागि कडा मिहिनेत गर्नुपर्‍यो, किनभने मुम्बईका ब्याट्सम्यानले पनि दिल्लीका बलरमाथि हावी गरेका थिए ।

तर, मुम्बईको टोलीले २४७ रन मात्र बनाउन सके र दिल्ली १० रनले विजयी भयो । यो जितपछि कप्तान ऋषभ पन्तले इम्प्याक्ट प्लेयर नियमलाई लिएर ठूलो बयान दिएका छन् ।

दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्त पनि इम्प्याक्ट प्लेयर नियममा प्रश्न उठाउने भारतीय क्रिकेटरहरूको सूचीमा सामेल भएका छन् । पन्तभन्दा अगाडि रोहित शर्मा, मोहम्मद सिराज र अक्षर पटेलले पनि यस नियमको विरुद्धमा खुलेर बोलेका छन् । योसँगै धेरै पूर्व महान खेलाडीले पनि यो नियमलाई क्रिकेटका लागि हानिकारक भनेका छन् ।

२५७ रन बनाएर १० रनले जित हात पारेपछि ऋषभ पन्तले भने, ‘२५० भन्दा बढी रन बनाउन पाउँदा निकै खुसी थियौं, तर प्रभावशाली खेलाडीको नियमका कारण यस्तो स्कोरलाई पनि रक्षा गर्न गाह्रो भइरहेको छ ।’ यस खेलमा धेरै पटक मुम्बईले यो लक्ष्य हासिल गर्ने देखिन्थ्यो । तर, लगातार विकेट गुमाउँदा हार्दिक पाण्ड्याको टोलीले हार बेहोर्नुपरेको थियो ।

जितपछि कप्तान ऋषभ पन्तले २७ बलमा ८४ रनको इनिङ्स खेलेर ठूलो स्कोरको जग बसाल्ने ज्याक फ्रेजर–म्याकगर्कको प्रशंसा गरेका थिए । पन्तले भने, ‘उनी पहिलो दिनदेखि नै अचम्मका छन् र तपाइँ युवा खेलाडीबाट यही चाहानुहुन्छ । उसले हरेक खेलमा राम्रो गरिरहेको छ ।’