९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

२५० रन जोगाउन पनि गाह्रो भन्दै ऋषभ पन्तले इम्प्याक्ट प्लेयरको नियममा प्रश्न उठाए

२५० रन जोगाउन पनि गाह्रो भन्दै ऋषभ पन्तले इम्प्याक्ट प्लेयरको नियममा प्रश्न उठाए
अ अ+ अ-

एजेन्सी । आईपीएलको जारी सिजनमा फेरि बलरहरू महँगो सावित भएका छन् । यस पटक दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सका बलरलाई ‘धुलो चटाउँदै’ २५७ रनको विशाल स्कोर बनायो ।

तर, यसका बाबजुद पनि दिल्लीले जितका लागि कडा मिहिनेत गर्नुपर्‍यो, किनभने मुम्बईका ब्याट्सम्यानले पनि दिल्लीका बलरमाथि हावी गरेका थिए ।

तर, मुम्बईको टोलीले २४७ रन मात्र बनाउन सके र दिल्ली १० रनले विजयी भयो । यो जितपछि कप्तान ऋषभ पन्तले इम्प्याक्ट प्लेयर नियमलाई लिएर ठूलो बयान दिएका छन् ।

दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्त पनि इम्प्याक्ट प्लेयर नियममा प्रश्न उठाउने भारतीय क्रिकेटरहरूको सूचीमा सामेल भएका छन् । पन्तभन्दा अगाडि रोहित शर्मा, मोहम्मद सिराज र अक्षर पटेलले पनि यस नियमको विरुद्धमा खुलेर बोलेका छन् । योसँगै धेरै पूर्व महान खेलाडीले पनि यो नियमलाई क्रिकेटका लागि हानिकारक भनेका छन् ।

२५७ रन बनाएर १० रनले जित हात पारेपछि ऋषभ पन्तले भने, ‘२५० भन्दा बढी रन बनाउन पाउँदा निकै खुसी थियौं, तर प्रभावशाली खेलाडीको नियमका कारण यस्तो स्कोरलाई पनि रक्षा गर्न गाह्रो भइरहेको छ ।’ यस खेलमा धेरै पटक मुम्बईले यो लक्ष्य हासिल गर्ने देखिन्थ्यो । तर, लगातार विकेट गुमाउँदा हार्दिक पाण्ड्याको टोलीले हार बेहोर्नुपरेको थियो ।

जितपछि कप्तान ऋषभ पन्तले २७ बलमा ८४ रनको इनिङ्स खेलेर ठूलो स्कोरको जग बसाल्ने ज्याक फ्रेजर–म्याकगर्कको प्रशंसा गरेका थिए । पन्तले भने, ‘उनी पहिलो दिनदेखि नै अचम्मका छन् र तपाइँ युवा खेलाडीबाट यही चाहानुहुन्छ । उसले हरेक खेलमा राम्रो गरिरहेको छ ।’