• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ: प्रधानमन्त्री ★   कोशीका मुख्यमन्त्री कार्कीलाई नेकपा एसले विश्वासको मत दिने ★   सामाजिक–लोकतान्त्रिक अवधारणाको आर्थिक नीति आवश्यक छ: वरिष्ठ उपाध्यक्ष खाँन ★   सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ ★   चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर ★   कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, कांग्रेसको बहिस्कार ★   कांग्रेस बैठक आज : नीति तथा कार्यक्रमबारे के गर्ला निर्णय ? ★   उपेन्द्र यादव आज सरकारबाट बाहिरिँदै ★   बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय ★   यी ४ रोग छन् भने केरा नखानुहोस्

पीएसएलमा हिरो, आईपीएलमा जिरोः ल्यूक वुडको नाममा ‘लाजमर्दो’ कीर्तिमान



एजेन्सी । आईपीएलको ४३ औँ खेल शनिबार मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स बीच खेलिएको थियो । अरुण जेटली स्टेडियममा भएको खेलमा मुम्बई १० रनले पराजित भएको थियो ।

हारसँगै मुम्बईका फास्ट बलर ल्यूक वुडले आफ्नो नाममा लज्जास्पद कीर्तिमान बनाएका छन् । पाकिस्तान सुपर लिग (पीएसएल) मा उत्कृष्ट बलिङ गरेका ल्यूक वुड आईपीएलको इतिहासमा मुम्बई इन्डियन्सका सबैभन्दा महँगा बलर बनेका छन् ।

पीएसएलमा उत्कृष्ट बलिङ गरेपछि वुड आईपीएलमा आएका थिए । मुम्बईले उनलाई अष्ट्रेलियाका तेज गेंदबाज जेसन बेहरेनडर्फको स्थानमा टोलीमा समावेश गरेको थियो । तर अब उनले मुम्बईका लागि सबैभन्दा महँगो बलर बन्ने लज्जास्पद कीर्तिमान बनाएका छन् । दिल्लीका बलरहरूले वुडलाई नराम्रोसँग चुटे ।

वुडले ४ ओभरमा कुल ६८ रन खर्चिए । यो अवधिमा उनले १ विकेट मात्र लिएका थिए । वुडले दक्षिण अफ्रिकी तेज गेंदबाज क्वेना माफाकाको कीर्तिमान तोडेका छन् । माफाकाले यसै सिजन हैदरावादविरुद्धको खेलमा ६६ रन दिएका थिए । त्यो अफ्रिकी तेज गेंदबाजको डेब्यु खेल थियो । अब माफाकाको अवांछित कीर्तिमान तोड्दै वुड मुम्बईका सबैभन्दा महँगा बलर बनेका छन् ।

मुम्बईबाट आईपीएल खेलिरहेका ल्यूक वुडले इंग्ल्याण्डका लागि सेतो बलको क्रिकेट खेल्छन् । यद्यपि उनी इङ्गल्याण्डको नियमित भाग भने होइनन् । उनले अहिलेसम्म २ ओडीआई र ५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । उनले अहिलेसम्म एकदिवसीय खेलमा सफलता हात पार्न सकेका छैनन् । यसबाहेक उनले टी–२० अन्तर्राष्ट्रियको ५ इनिङ्समा बलिङ गर्दै २१.७५ को औसतमा ८ विकेट लिएका थिए ।