• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता ★   राष्ट्रपतिद्वारा संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   अर्थसमिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन: पूर्वअर्थमन्त्री पौडेल ★   ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छः मुख्यमन्त्री कार्की ★   जसपाका नवनियुक्त मन्त्रीले लिए सपथ ★   राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं: गभर्नर ★   संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल

सर्वसाधारण भन्छन्– लगानी सम्मेलन लगानी भित्र्याउने राम्रो अवसर हो



काठमाडौँ । सरकारले आजदेखि दुईदिने लगानी सम्मेलन सुरु गरेको छ । सरकारले मुलुकमा विदेशी लगानी भित्र्याउने उद्देश्यले लगानी सम्मेलन आयोजना गरेको हो । जसमा विभिन्न एक सय ५१ वट परियोजना सोकेस समेत गरेको छ । लगानी सम्मेलनमा भाग लिन विभिन्न देशबाट करिब दुई हजार व्यक्ति आउनुभएको छ । सरकारले निकै महत्वका साथ आयोजना गरेको लगानी सम्मेलनबारे सर्वसाधारण के भन्छन् त रु

बालाजुका रवि मित्रकोटी लगानी सम्मेलन मुलुकमा लगानी ल्याउनका लागि राम्रो अवसर भएको बताउनुहुन्छ । उहाँ विगतको लगानी सम्मेलबाट अपेक्षाकृत लगानी नआएको भन्दै यसपटक यो अवसर गुम्न दिन नहुन बताउनुहुन्छ ।

“देशमा लगानी हुनु त राम्रो कुरो हो तर, विगतको सम्मेलन कतिको प्रभावकारी भयो रु समीक्षा गर्न जरुरी छ”, उहाँ भन्नुहुन्छ, “कुरा गरेर मात्रै विकास हँुदैन, सरकारको कार्य परिणाम आउनुपर्छ ।” खासगरी नेपालमा पर्यटन र कृषि क्षेत्रमा लागनी हुनसके देशको अर्थतन्त्र उकास्न सकिने उहाँको धारणा छ ।

त्यस्तै अधिवक्ता भुपेन्द्र पोखरेलले सरकारकाले गरिरहेको लगानी सम्मेलन औपचारिकतामा सीमित हुन नहुने बताउनुहुन्छ । “लगानी ल्याउनका लागि देखिएका कानूनी र प्रक्रियागत झन्झट हटाएर विदेशीलाई हाम्रो देशमा लगानी गर्न सहज वातावरण सिर्जना गर्न आवश्यक छ”, उहाँ भन्नुहुन्छ, “यस लगानी सम्मेलनमा लगानी अनुकुलको वातावरण बनोस् ।”

शङ्खमुलकी गौरा कायस्थले देश विकासमा लगानी जुटाउन सरकारले गरेको कदम प्रशंसनीय रहेको बताउनुहुन्छ । तर सम्मेलन लगानी ल्याउन कति प्रभावकारी हुन्छ भन्ने अर्थमा सफल र असफल भन्न सकिने उहाँको भनाइ छ । “पैसा मात्रै जुटाउनु ठूलो कुरा होइन, पैसाको सही स्थानमा प्रयोग भएन भने त्यसको अर्थ हुन्न”, उहाँले भन्नुभयो ।

एकता फाउन्डेशनका अध्यक्ष एवं अधिकारकर्मी रामहरि शाही समुन्द्रीले लगानीले भौतिक विकाससँगै मानवीय विकासमा पनि जोड दिनुपर्ने आवश्यकता औँल्याउनुहुन्छ ।

भौतिक विकाससँगै सामाजिक, सांस्कृतिक र बौद्धिक क्षेत्रको विकासमा पनि लगानी आह्वान हुनुपर्नेमा बानेश्वरका जीवन राईको तर्क छ । कला क्षेत्रमा करिअर बनाउँदै गर्नुभएको उहाँले कला क्षेत्रलाई पनि उद्योगका रुपमा विकास गर्नुपर्ने बताउनुहुन्छ । “कलामा लगानी गर्नसके राज्यलाई फाइदै हुन्छ”, उहाँले भन्नुभयो । रासस