१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

विपक्षमा उभिएर गठबन्धन जोगाउने सूत्र खोज्दै प्रचण्ड

विपक्षमा उभिएर गठबन्धन जोगाउने सूत्र खोज्दै प्रचण्ड
file
अ अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्मा प्रस्तुत भएको अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा मतदान गर्ने बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित भेट गर्नुभएका प्रचण्डले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मतदान गरे पनि सत्ता गठबन्धन नटुट्ने गरी एमसीसी पारित गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिनुभएको थियो ।

आफ्नो पार्टीले एमसीसीको विपक्षमा मतदान गरे पनि अन्य दलको समर्थनमा मतविभाजनबाट एमसीसी पारित होस् भन्ने उहाँको मनसाय रहेको थियो । उहाँले नेकपा माओवादी केन्द्रलाई राजनीतिक ‘स्पेस’ दिन आग्रह गर्दै मतविभाजनमा जान र गठबन्धन पनि नटुटाउन प्रधानमन्त्री देउवासँग आग्रह गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्री देउवाले ध्वनि मतका आधारमा एमसीसी पारित हुनुपर्ने बताउनुभयो ।

सरकारले एमसीसीलाई संसद्मा प्रस्तुत गरिसकेकाले सत्ता साझेदार दलको कर्तव्य जसरी पनि पारित गराउनुपर्ने उहाँको जिकिर थियो । मतविभाजनमा गएर विपक्षमा मतदान गरिसकेपछि सत्ता गठबन्धनमा बस्नुको औचित्य सकिने उहाँको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसीका सम्बन्धमा मतविभाजनमा लैजानुपर्ने माग राख्ने बताउनुभयो । प्रधानमन्त्री देउवासँग भेट गर्नुअघि आज बिहान प्रचण्ड, नेपाल र एकीकृत समाजवादीका नेता झलनाथ खनालसहितनका शीर्ष नेताहरुको बैठक बसेको थियो ।