३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

आफू बाचुञ्जेल अनाथ आश्रमलाई वर्षेनी रु १ लाख सहयोगको घोषणा

आफू बाचुञ्जेल अनाथ आश्रमलाई वर्षेनी रु १ लाख सहयोगको घोषणा
अ+ अ-

काठमाडौँ । समाजसेवी एवं महिला उद्यमी सविता ढुङ्गानाले तुलसादेवी हरिहर फाउन्डेसनद्वारा सञ्चालित तुलसालय अनाथ आश्रमलाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ ।

उहाँले सो आश्रमलाई आफू बाचुञ्जेल प्रत्येक वर्ष रु एक लाख आर्थिक सहयोग गर्ने घोषणा पनि गर्नुुभयो । चाँगुनारायण नगरपालिका–४ साङदह भक्तपुरस्थित तुलसालय आश्रममा आइतबार आयोजित एक समारोहमा समाजसेवी ढुङ्गानाले तुलसालय आश्रम सञ्चालक संस्था तुलसादेवी हरिहर फाउन्डेसनकी अध्यक्ष सरु सुवेदीलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो ।

समाजसेवी ढुङ्गानाले उक्त तुलसालय आश्रमले अनाथ एवं अपाङ्गता भएका बालबालिकाका साथै ज्येष्ठ नागरिक र मानसिक रोग भएकाको उद्धार र लालनपालन गरेको आफूले फेसबुकबाट जानकारी पाएर सो रकम सहयोग गरेको बताउनुभयो । उहाँले आफू बाचुञ्जेल अब हरेक वर्ष रु एक लाख आर्थिक सहयोग सो आश्रमलाई उपलब्ध गराउने पनि सोही कार्यक्रममा घोषणा गर्नुभयो ।

उक्त आश्रमले अनाथ एवं असहाय बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा मानसिक रोग भएकालाई चाँगुनारायण र ललितपुर महानगरपालिका– २५ स्थित नख्खुटोलमा अलग अलग राखेर लालनपालन एवं शिक्षादीक्षा प्रदान गर्दै आएको छ ।

हाल सो आश्रममा रहेका २६ बालबालिका विद्यालय जाने गरेका छन् भने विभिन्न उमेर समूहकाका ४४ जना उद्धारपछि आश्रममा आश्रित रहेका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धार गरिएकामध्ये केहीलाई पुनःस्थापना गरिएको छ ।

उहाँले आश्रममा रहेका बालबालिकालाई राम्रो शिक्षादीक्षा दिन तथा मानसिक रोग भएकालाई उपचार सेवासमेतका लागि आर्थिक अभाव रहेका बेला आएको सो सहयोग र प्रतिबद्धताका लागि समाजसेवी ढुङ्गेलललाई धन्यवाद दिनुभयो ।

सडकमा अलपत्र अवस्थामा भेटिएका यस्ता अनाथ एवं असहाय बालबालिका तथा विभिन्न उमेर समूहका नागरिकलाई प्रहरीले आश्रममा ल्याइदिने तर नेपाल सरकार तथा स्थानीय सरकारले आफ्नो दायित्व बहन गरी यस्ता आश्रमलाई कुनै आर्थिक सहयोग नगर्ने भएकाले आश्रममा आश्रितको लालनपालनमै गाह्रो हुँदै गएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

सो आश्रममा सातौँ छोरीका रुपमा जन्म लिएर पाँच मिनेटमा नै आमा गुमाउन पुगेकी हुम्लाकी आठ महिनाकी स्तुतिदेखि चिकित्सकका रुपमा २८ वर्षसम्म नेपाल सरकारको सेवा गरेका ६४ वर्षीय डा भगवानभक्त श्रेष्ठसम्म आश्रित छन् ।