४ भाद्र २०८३, बिहीबार
,
Latest
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बाप्पेको ह्याट्रिकमा पिएसजीको सानदार जित



अ+ अ-

एजेन्सी । फ्रेन्च लिग वान अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सानदार जित निकालेको छ ।

आइतबार राति सम्पन्न खेलमा पिएसजीले लिललाई उसकै मैदानमा ७–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीलाई जित दिलाउन किलियन एम्बाप्पेले ह्याट्रिक गरे भने नेयमारले ह्याट्रिक असिस्टसहित दुई गोल गर्दा लियोनल मेसी र हाकिमीले एक–एक गोल गरे । लिलका जोनाथन बाम्बाले एक गोल फर्काए ।

एम्बाप्पेले पहिलो गोल खेल सुरु भएको ८ सेकेन्डमै गरेका थिए । खेल सुरु हुने बितिक्कै एमबाप्पेले गोल गर्न सफल भए । उनले लियोनेल मेसीले मैदानको बिचबाट दिएको लामो पासलाई नियन्त्रणमा राखी चिप गोल गर्न सफल भए ।

लगातार तेस्रो जित निकालेको पिएसजी ९ अंकसहित तालिकाको शीर्षस्थानमा छ । समान खेल खेलेको लिल ४ अंकसहित १२ औं स्थानमा छ ।