२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा सवारीसाधनको पार्किङ शुल्क नलाग्ने भएको छ… लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पाइनलकर्ड इञ्जुरी भएकाहरुको बास्केटबल प्रतियोगिता



अ+ अ-

बनेपा । काठमाडौँस्थित नेपाल स्पाइनलकर्ड इञ्जुरी खेलकुद सङ्घले काभ्रेपलाञ्चोकको बनेपामा पहिलो पटक आयोजना गरेको बास्केटबल प्रतियोगितामा महिलातर्फ सेतो र पुरुष समूहतर्फ पहेँलो समूह प्रथम भएका छन् ।

स्पाइनल कर्ड इञ्जुरी भएकालाई आत्मनिर्भर र दक्ष बनाउनाका साथै अपाङ्गतासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा महिलातर्फ पहेँलो समूह दोस्रो भएको छ भने पुरुषतर्फ सेतो समूह दोस्रो र रातो समूह तेस्रो भएको सङ्घले जनाएको छ । सङ्घका महासचिव दीलिप सापकोटाका अनुसार प्रतियोगितामा महिलातर्फ दूई र पुरुषतर्फका तीन गरी पाँच समूहको सहभागिता थियो ।

बनेपा नगरपालिका र रोटरी क्लब अफ धुलिखेलको सहयोगमा भएको प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने समूहलाई नेपाल–भुटान रोटरी ह्विलचियर वितरण समितिका अध्यक्ष अशोक श्रेष्ठले क्रमशः रु दश हजार, रु नौ हजार र रु आठ हजारका दरले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगिता शुभारम्भ गर्दै बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा दाहालले अवसर पाएको खण्डमा अपाङ्गता भएका व्यक्ति पनि सपाङ्ग व्यक्तिभन्दा कम नहुने बताउनुभयो । “हामीले अवसर प्रदान गर्न सक्यौँ भने विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति पनि सक्षम बन्नेछन् ।” उहाँले भन्नुभयो, “बनेपा नगरपालिकाले १८ वर्षभन्दा मुनिका अपाङ्गता भएका बालबालिकालाई अपाङ्गता पुनःस्थापना केन्द्र र नगरपालिकासँगको समन्वयमा निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था मिलाइएको र नगरपालिकाले प्रत्येक महिनाको ६ गते अपाङ्गता परिचयपत्र वितरण गर्दै शिक्षा र स्वास्थ्यमा पनि सहयोग गर्दै आएको छ । ”