२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पाइनलकर्ड इञ्जुरी भएकाहरुको बास्केटबल प्रतियोगिता



अ+ अ-

बनेपा । काठमाडौँस्थित नेपाल स्पाइनलकर्ड इञ्जुरी खेलकुद सङ्घले काभ्रेपलाञ्चोकको बनेपामा पहिलो पटक आयोजना गरेको बास्केटबल प्रतियोगितामा महिलातर्फ सेतो र पुरुष समूहतर्फ पहेँलो समूह प्रथम भएका छन् ।

स्पाइनल कर्ड इञ्जुरी भएकालाई आत्मनिर्भर र दक्ष बनाउनाका साथै अपाङ्गतासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा महिलातर्फ पहेँलो समूह दोस्रो भएको छ भने पुरुषतर्फ सेतो समूह दोस्रो र रातो समूह तेस्रो भएको सङ्घले जनाएको छ । सङ्घका महासचिव दीलिप सापकोटाका अनुसार प्रतियोगितामा महिलातर्फ दूई र पुरुषतर्फका तीन गरी पाँच समूहको सहभागिता थियो ।

बनेपा नगरपालिका र रोटरी क्लब अफ धुलिखेलको सहयोगमा भएको प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने समूहलाई नेपाल–भुटान रोटरी ह्विलचियर वितरण समितिका अध्यक्ष अशोक श्रेष्ठले क्रमशः रु दश हजार, रु नौ हजार र रु आठ हजारका दरले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगिता शुभारम्भ गर्दै बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा दाहालले अवसर पाएको खण्डमा अपाङ्गता भएका व्यक्ति पनि सपाङ्ग व्यक्तिभन्दा कम नहुने बताउनुभयो । “हामीले अवसर प्रदान गर्न सक्यौँ भने विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति पनि सक्षम बन्नेछन् ।” उहाँले भन्नुभयो, “बनेपा नगरपालिकाले १८ वर्षभन्दा मुनिका अपाङ्गता भएका बालबालिकालाई अपाङ्गता पुनःस्थापना केन्द्र र नगरपालिकासँगको समन्वयमा निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था मिलाइएको र नगरपालिकाले प्रत्येक महिनाको ६ गते अपाङ्गता परिचयपत्र वितरण गर्दै शिक्षा र स्वास्थ्यमा पनि सहयोग गर्दै आएको छ । ”