२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा राष्ट्रिय पुस्तकालय दिवस साताव्यापीरुपमा मनाइने



अ+ अ-

बागलुङ । जिल्लाकै जेठो विद्यामन्दिर पुस्तकालयले १५औँ राष्ट्रिय पुस्तकालय दिवस साताव्यापी कार्यक्रम गरेर मनाउने भएको छ । यस वर्ष ‘पढौँ, पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ” भन्ने आदर्श वाक्यसहित उक्त दिवस मनाइँदैछ ।

भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस पर्ने र त्यस अवसरमा भदौ ९ देखि नै विविध कार्यक्रम तय गरिएको पुस्तकालयका सचिव रामचन्द्र शर्माले जानकारी गराउनुभयोे । उहाँका अनुसार पहिलो दिन पुस्तकालय परिसरसहित सदरमुकामका चोकमा दिवसको ब्यानर प्रदर्शन गरिनेछ ।

भदौ १० गते पुस्तकालयको बाल कक्षमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामग्री वितरण, ११ गते अन्य साहित्यिक संस्थासँगको सहकार्यमा मोती जयन्ती, १२ गते माध्यमिक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, १३ गते पुस्तकालय परिसरमा सरसफाइसँगै कारागारमा रहेका कैदीबन्दीलाई पुस्तक उपहार दिने कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो ।चौध गते पुस्तकालयको सभाकक्षमा चित्रकला प्रदर्शनी र १५ गते मूलसमारोह आयोजना गरिने भएको छ । गत वर्ष कोभिड–१९ का कारण दिवस आयोजनामा असर परे पनि यो वर्ष साताव्यापीरुपमा मनाउन लागिएको पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माले बताउनुभयो ।

“दिवस पुस्तकालय प्रेमीका लागि वार्षिक पर्व जस्तो हो, यस दिवसले पुस्तकालयको महत्व पनि उजागर हुने गर्छ, पुस्तकालयप्रति आकर्षण पनि बढ्छ”, उहाँले भन्नुभयो । विसं २००३ मा स्थापित उक्त पुस्तकालय देशकै अग्रणी पुस्तकालयमध्येमा पर्छ । राणाकालको प्रतिकूल समयमा पुस्तकालय स्थापना भएका कारण पनि यसको अलग्गै पहिचान र गरिमा छ । यस क्षेत्रको शैक्षिक, सामाजिक, सांस्कृतिक र राजनीतिक जागरणको केन्द्रको रुपमासमेत विद्यामन्दिर पुस्तकालयलाई लिने गरिन्छ ।

स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १५ हजार पुस्तक छन् । पुस्तकालयमा अहिले विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी)पनि छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक ठाँटीको पौवामा चलेको पुस्ताकालयको अहिले आफ्नै सुविधासम्पन्न भवन छ ।




भर्खरै