२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा राष्ट्रिय पुस्तकालय दिवस साताव्यापीरुपमा मनाइने



अ+ अ-

बागलुङ । जिल्लाकै जेठो विद्यामन्दिर पुस्तकालयले १५औँ राष्ट्रिय पुस्तकालय दिवस साताव्यापी कार्यक्रम गरेर मनाउने भएको छ । यस वर्ष ‘पढौँ, पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ” भन्ने आदर्श वाक्यसहित उक्त दिवस मनाइँदैछ ।

भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस पर्ने र त्यस अवसरमा भदौ ९ देखि नै विविध कार्यक्रम तय गरिएको पुस्तकालयका सचिव रामचन्द्र शर्माले जानकारी गराउनुभयोे । उहाँका अनुसार पहिलो दिन पुस्तकालय परिसरसहित सदरमुकामका चोकमा दिवसको ब्यानर प्रदर्शन गरिनेछ ।

भदौ १० गते पुस्तकालयको बाल कक्षमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामग्री वितरण, ११ गते अन्य साहित्यिक संस्थासँगको सहकार्यमा मोती जयन्ती, १२ गते माध्यमिक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, १३ गते पुस्तकालय परिसरमा सरसफाइसँगै कारागारमा रहेका कैदीबन्दीलाई पुस्तक उपहार दिने कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो ।चौध गते पुस्तकालयको सभाकक्षमा चित्रकला प्रदर्शनी र १५ गते मूलसमारोह आयोजना गरिने भएको छ । गत वर्ष कोभिड–१९ का कारण दिवस आयोजनामा असर परे पनि यो वर्ष साताव्यापीरुपमा मनाउन लागिएको पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माले बताउनुभयो ।

“दिवस पुस्तकालय प्रेमीका लागि वार्षिक पर्व जस्तो हो, यस दिवसले पुस्तकालयको महत्व पनि उजागर हुने गर्छ, पुस्तकालयप्रति आकर्षण पनि बढ्छ”, उहाँले भन्नुभयो । विसं २००३ मा स्थापित उक्त पुस्तकालय देशकै अग्रणी पुस्तकालयमध्येमा पर्छ । राणाकालको प्रतिकूल समयमा पुस्तकालय स्थापना भएका कारण पनि यसको अलग्गै पहिचान र गरिमा छ । यस क्षेत्रको शैक्षिक, सामाजिक, सांस्कृतिक र राजनीतिक जागरणको केन्द्रको रुपमासमेत विद्यामन्दिर पुस्तकालयलाई लिने गरिन्छ ।

स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १५ हजार पुस्तक छन् । पुस्तकालयमा अहिले विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी)पनि छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक ठाँटीको पौवामा चलेको पुस्ताकालयको अहिले आफ्नै सुविधासम्पन्न भवन छ ।