२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदीप गिरी निधन : प्रचण्डद्वारा श्रद्धाञ्जली व्यक्त



अ+ अ-

नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरीको पार्थिव शरीरमा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गिरीको पार्थिव शरीरलाई अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जली व्यक्त गर्नका लागि राखिएको छ । अध्यक्ष प्रचण्डले सानेपामा पुगेर गिरीको पार्थिव शरीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

 

श्रद्धाञ्जलीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले समाजवादी चिन्तक गिरीले समाज रुपान्तरणका लागि ठूलो योगदान पु-याउनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “बौद्धिक व्यक्तित्वका रुपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत हुनुहुन्थ्यो ।”

देशलाई रुपान्तरणकारी ढङ्गबाट अघि बढाउन स्पष्ट दृष्टिकोण दिनुहुने सांसद गिरीको निधनले असल राजनीतिज्ञको अभाव खड्किएको उहाँको भनाइ थियो । “गिरीको योगदानबाट प्रेरणा र शिक्षा लिनुपर्छ । राजनीतिलाई उहाँले सदैव समाजसेवामा मात्र प्रयोग गर्नुभएको थियो”, अध्यक्ष दाहालले भन्नुभयो ।

उहाँको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि हुने कार्यक्रम छ ।

नेता गिरीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३० बजे निधन भएको थियो । क्यान्सरको उपचार गराएर मुम्बईबाट फर्कनुभएका गिरीलाई निमोनिया देखिएपछि मेडिसिटीमा उपचार भइरहेको थियो ।