१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

एमसीसीको विषयमा शीर्ष नेताहरुबिच छलफल (भिडियोसहित)

एमसीसीको विषयमा शीर्ष नेताहरुबिच छलफल (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुले एमसीसीको विषयमा छलफल गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको कार्यालय सिंहदरवारमा भएको बैठकमा बिहीवार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एमसीसीको बारेमा छलफल भएको हो ।

छलफलमा एमसीसीको बारेमा आफ्नो पार्टीले बिना संशोधन पास हुन नदिने धारणा बनाएको र पार्टीका नेताहरुलाई अहिलेकै स्थितिमा पास गर्ने भए एमसीसीको विपक्षमा मतदान गर्ने ह्वीप दिने सम्मानित नेता खनालले बताउनु भयो । उहाँले एकीकृत समाजवादी शुरुदेखि नै परिमार्जन बिना एमसीसी पास गर्न नदिने पक्षमा रहेको बताउनु भयो ।

सम्मानित नेता खनालले भन्नुभयो, ‘सामाजवादीको स्ट्याण्ड शुरुदेखि अन्तिमसँग क्लियर छ नो एमसीसी । विथ आउट एनी चेन्ज अर एमेनमेण्ट नो एमसीसी । हामी दुई पार्टीहरु जहिलेसुकै पनि एउटै स्ट्याण्डमा छौँ । त्यो भनेको परिमार्जन बिना संशोधन बिना हामी एमसीसी पास गर्दैनौँ ।’

त्यस्तै बैठकमा सहभागि नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले एमसीसीको विपक्षमा मतदान गर्ने कुरामा छलफल भएको बताउनु भयो । उहाँले संसदमा हुने एमसीसीको छलफलमा भाग लिने र त्यसको लागि सभामुखलाई संसदमा भइरहेको अवरोधलाई हटाउनका लागि आग्रह गर्ने पनि बताउनु भयो । नेता गुरुङले भन्नुभयो, ‘एमसीसीको विपक्षमा मतदान गर्ने भन्ने कुरा छँदै छ । तर अहिले सदन अवरुद्ध भइरहेको अवस्थामा छलफल गर्ने वातावरण छैन । डेमोक्रेसी नम्सको प्रक्रियाअनुसार नै छलफल गर्नुपर्छ । राष्ट्रिय विषयमा सबै संसदहरुले बोल्ने चान्स पाउनु पर्ने हुन्छ । यही विषयमा सबैसँग सभामुख लगायतसँग छलफल गर्ने कुरा भएको छ ।’

सरकारले गत फागुन ८ गते एमसीसी छलफलका लागि संसदमा पेश गरिसकेको छ । सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० पास गर्नका लागि संसदमा पेश गरेपनि सत्तारुढ दलहरु नै एमसीसीको विपक्षमा उभिएका छन् । एमसीसी यथा स्थितिमा पास गर्नु नहुने भन्दै सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी बिरुद्ध आन्दोलन गर्दै आएको छ । त्यस्तै सत्तारुढ अर्को दल राष्ट्रिय जनमोर्चाले एमसीसी नेपालको हीतमा नभएको दाबी गर्दै कुनै पनि हालतमा एमसीसी पास गर्न नुहने अडान राख्दै आएको छ ।