२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानहानी मुद्दामा मुख्यमन्त्री केजरीवाल र सिसोदियालाई सफाइ



अ+ अ-

एजेन्सी । राउज एभिन्यू अदालतले शनिबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र नेता मनिष सिसोदिया र योगेन्द्र यादवलाई फौजदारी मानहानी मुद्दामा सफाइ दिएको छ ।

अधिवक्ता सुरेन्द्र शर्माले सो मुद्दा दायर गरेका थिए जसको सन् २०१३ को विधानसभा चुनावमा उनको उम्मेदवारी अन्तिम समयमा रद्द भएको थियो ।

अतिरिक्त मुख्य महानगरीय मजिस्ट्रेट ९एसीएमएम० विधि गुप्ताले शनिबार आदेश जारी गर्दै उजुरीकर्ताले उद्धृत गरेका रिपोर्टहरूबाट मानहानीको मुद्दा स्थापना हुन नसक्ने बताउँदै सो आदेश जारी गरेका हुन् । अदालतले शनिबार आदेश जारी गर्दा तीनै जना अदालतमा उपस्थित थिए ।

मुद्दा दायर गर्ने अधिवक्ता सुरेन्द्रकुमार शर्माको भने निधन भैसकेको छ ।

उनको निधनपछि सो मुद्दा उनका भतिजाले अगाडि बढाइरहेका थिए । सो मुद्दामा आरोप खेपिरहेका मुख्यमन्त्रीसहित तीन जनाले लामो समयपछि आज सफाइ पाएका छन् ।