२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थिमिमा ८८ वर्षपछि सञ्चालित सातदिने महाकाली नाच सम्पन्न



अ+ अ-

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलमा ८८ वर्षपछि यस वर्ष प्रदर्शनमा आएको प्राचीन महाकाली नाच आजदेखि सम्पन्न भएको छ । गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र द्वितीयाको साँझ ६ बजेदेखि राति १ बजेसम्म दैनिक सञ्चालन हुँदै आएको महाकाली नाच आजदेखि सम्पन्न भएको नाच सञ्चालन समितिका संयोजक राधेश्याम प्रजापतिले बताउनुभयो ।

नाच पहिलो दिन पाचो, दोस्रो दिन पोबु, तेस्रो दिन गार्चा, चौथो दिन दिगु, पाँचौँ दिन बालकुमारी, छैटौँ दिन नासननी र सातौँ दिन दिगुटोलमा प्रदर्शन गरी सम्पन्न गरिएको हो । यस नाचमा महाकाली, महालक्ष्मी, कुमारी, सिंह, बेता, भूत भैरव, कवं, ख्याक, माकः (बाँदर) गरी १७ देवगणको स्वरूपमा नाच सञ्चालन गरिएको बताउँदै संयोजक प्रजापतिले महाकाली नाच प्रदर्शनका कारण यस क्षेत्रमा भूत, प्रेत, पिशाच, जल, अग्नि, वायु, भूकम्प, चट्याङ भय नहुने जनविश्वास रहँदै आएको बताउनुभयो ।

मल्लकालदेखि चल्दै आएको महाकाली नाचको मूल गुरु श्रीगोपाल प्रजापति रहेको यो नाच अब हरेक वर्ष सञ्चालन गर्नेगरी तयारी गरिएको अर्का गुरु राजकुमार चक्रधरले बताउनुभयो ।

विभिन्न २१ वटा तालमा नाच्ने महाकाली नाचमा आठ वर्षका बालकदेखि ३५ वर्षका युवासमेतको सहभागिता रहेको छ । यस वर्ष नाचमा देवगण बनेर नाच्नेमा महाकालीमा गोपी प्रजापति, महालक्ष्मी आयुष प्रजापति, महादेवी कृष्ण भासिमा, बेतालमा अमन प्रजापति, रमित प्रजापति, कृजल प्रजापति र सुमन प्रजापति रहेका छन् ।

त्यस्तै कृष्ण प्याथं र रोम चक्रधर ख्याक, रोहन प्रजापति र सलोन प्रजापति भूत भैरव, निलव प्रजापति र सिजन प्रजापतिले कवाँ, विकेश प्रजापति सिंह, श्रवण श्रेष्ठ र इशान प्रजापतिले माक (बाँदर) र स्वस्थानी प्रजापति दैत्यको भूमिका निर्वाह गरेर नाच प्रदर्शन गरिएको छ । महाकाली नाचमा धाँ बाजा, दिँ बाजा, मुहाली बाजा र चावी बाजा बजाउने गरिन्छ । देवासुर सङ्ग्राममा आधारित रहेर कलात्मक ढङ्गले तान्त्रिक विधिअनुसार नाचिने महाकाली नाच भष्मासुर दैत्यका धार्मिक कथामा आधारित रहेर सञ्चालन गरिन्छ ।