१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उर्जा क्षेत्रको सहकार्यका लागि नेपाल र भारतबीच छलफल (भिडियोसहित)



अ+ अ-

काठमाडौं । उर्जा क्षेत्रको विकास र सहकार्यका लागि नेपाल र भारतबीच दुई देशीय सचिवस्तरीय बैठक शुरु भएको छ । बिहीवार काठमाडौंमा शुरु भएको दुई दिने बैठकमा नेपाल र भारत सरकारबीच उर्जा क्षेत्रको सहकार्यका लागि सचिव स्तरीय छलफल शुरु भएको हो ।

संयुक्त कार्य समूह (जेडब्ल्यूजी) र संयुक्त सञ्चालन समिति (जेएससी) बीचको छलफलमा नेपालको तर्फबाट उर्जा, जलश्रोत तथा सिंचाई सचिव देवेन्द्र कार्की र सागर कुमार राई सहभागी हुनुहन्छ भने भारतको तर्फबाट भारत सरकारका उर्जा सचिव ओलोक कुमार र नेपालस्थित भारतीय राजदुतावासकी मिसन उपप्रमुख नामग्या खाम्पा सहभागी हुनुहुन्छ ।

आजबाट शुरु भएको सचिवस्तरीय बैठकमा नेपाल र भारतको उर्जा क्षेत्रको सहकार्यका लागि छलफल हुनेछ । आजबाट शुरु भएको बैठक भोलि (शुक्रवार) सम्म चल्नेछ ।