२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी बन्धनका कारण सांसदहरुले नागरिकता विधेयक ठीक होइन भन्न सकेनन्– कांग्रेसकी सांसद चौधरी



अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले नागरिकता विधेयक आफूलाई ठिक नलागेको बताउनुभएको छ । पार्टीका अन्य सांसदहरुले पनि नागरिकता विधेयक राम्रो नलागेको तर पार्टी बन्धनका कारण उनीहरुले विधेयकको विरोधमा बोल्न नसकेको बताउनुभयो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनरविचारका लागि फिर्ता पठाउनुभएको नागरिकता विधेयक र फिर्ता गर्दा लेखेको सन्देशमाथिको छलफलमा सांसद चौधरीले विधेयक नराम्रो लागेको कुरा आफूले भन्नै पर्ने बताउनुभयो । यद्यपि सो विधेयक निर्णयार्थ प्रस्तुत गर्दा विधेयकको पक्षमा मतदान गर्ने उहाँको भनाइ थियो ।

पार्टी बन्धनका हिसाबले नागरिकता विधेयकलाई समर्थन गर्न सकिने भए पनि व्यक्तिगतरुपमा भन्नुपर्दा आफ्नो आत्माले विधेयक ठिक नरहेको भन्न चाहेको उहाँले बताउनुभयो ।

उहाँले वैवाहिक अंगीकृत नागरिकताबारे समयसीमा हुनुपर्ने भन्दै नेपालमा विवाह गरेर आउने विदेशी महिलालाई विवाह गर्नेबित्तिकै नागरिकता दिन नहुने बताउनुभयो ।