२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल फिजी हुने बाटोमा गयो: सासंद दुर्गा पौडेल



अ+ अ-

काठमाडौं ।सत्तागठबन्धनका नेता तथा राष्ट्रिय जनमोर्चाका सासंद दुर्गा पौडेलले विवाह गरेर आउने बित्तिकै विदेशी महिलालाई नागरिकता दिने व्यवस्था गरिएको नागरिकता ऐन संशोधन विधेयक खारेज गर्न माग गर्नुभयो ।

उहाँले नागरिकता प्राप्त गर्ने धेरै विधि हुन्छन् भन्दै विवाह गर्ने वित्तिकै विदेशी महिलालाई नागरिकता दिन नमिल्ने बताउनुभयो । उहाँले कुनै पनि मुलुकमा विवाह गर्ने वित्तिकै नागरिकता पाइँदैन भन्दै विवाहित महिलाका निम्ति अंगिकृत नागरिकता दिन सात वर्ष तोकेरै जानुपर्छ भन्नुभयो ।

नागरिकता दिने विधिमा केही कमजोरी छन् भने त्यसलाई सुधारौँ भन्दै उहाँले खुला सीमा भएको हाम्रो मुलुकमा विवाह गरेकै आधारमा नागरिकता दिँदा नेपाल फिजी हुने खतरा रहेको औँल्याउनुभयो ।

बुधबार बसेको सत्तागठबन्धनको बैठकले राष्ट्रपति बाट पुन: बिचार गर्न आएको नागरिकता बिधेयक परिमार्जन नगरी पारित गर्ने निर्णय गरेको थियो ।




भर्खरै