१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

चितवनको माटोमा अम्लियपना बढ्यो

चितवनको माटोमा अम्लियपना बढ्यो
अ अ+ अ-

चितवन । जिल्लाका अधिकांश क्षेत्रको माटोमा अम्लियपना बढी देखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनले यही फागुन ४ र ५ गते गरेको माटो परीक्षणका क्रममा अम्लियपना बढेको पाइएको हो । 

परीक्षणका क्रममा ५० प्रतिशत माटोमा अम्लियपना भेटिएको कार्यालयका सूचना अधिकारी माधव पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार २५८ नमूना परीक्षण गरिएकामा १२९ वटामा अम्लियपना भेटिएको हो । माटोमा अम्लियपना बढी भए उर्वराशक्तिमा ह्रास आएको परीक्षणका क्रममा भेटिएको छ । माटोको परीक्षणमा एकदेखि १४ सम्म पिएच हुनेगर्छ । त्यसमध्ये ७ तटस्थ हो । सातभन्दा तल देखिएमा अम्लियपना र माथि भएमा छारिय भनिने उहाँको भनाइ छ । ६ पिएच सम्मलाई धानखेतीमा राम्रो मानिन्छ । किसानले बालीमा जथाभावी रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोमा अम्लियपना बढेको उहाँले बताउनुभयो । 

यस्तै ५० प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको कमी देखिएको पौडेलले बताउनुभयो । माटोमा अम्लियपन र क्षारीय तत्व बढेमा बालीनालीले प्राप्त गर्ने तत्वको कमी हुने र माटोको सूक्ष्म तत्व गुम्ने हुन्छ । विशेष गरी व्यावसायिक खेती गर्ने किसानले अव्यवस्थित रुपमा रासायनिक मलको प्रयोग गर्दा माटोको उत्पादकत्व कम हुने उहाँले बताउनुभयो । उत्पादन क्षमता कायम राख्दै उत्पादन बढाउन नियमित माटो परीक्षण गराउँदै चुन र प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने पौडलले बताउनुभयो । 

स्थानीय तहले समन्वय गरेर नियमित रुपमा माटो परीक्षण गर्नुपर्ने पौडेल बताउनुहुन्छ । किसानले सिफारिस अनुसारको मात्रा प्रयोग नगर्दा माटोमा अम्लियपना बढेको उहाँले बताउनुभयो । उत्पादकत्व घट्दै गएपछि प्रधानमन्त्री कृषि आधुनिकिरकण परियोजना कार्यान्वयन एकाइ चितवनले घुम्ती शिविरको आयोजना गरेको हो । 

कार्यालयले भरतपुर महानगरपालिकाका विभिन्न वडामा तरकारी खेती, पूर्वी चितवनमा केरा खेती र धान खेती गरिएका क्षेत्रको माटोको नमूना परीक्षण गरिएको थियो । जिल्लाका सातवटै पालिकाबाट माटोको नमूना सङ्कलन गरिएको पौडेलले बताउनुभयो । मल तथा माटो परीक्षण प्रयोगशालाको प्राविधिक सहयोगमा गरिएको सो परीक्षणमा नाइट्रोजन मध्यम, फस्फोरस उच्च र पोटास मध्यम देखिएको छ ।  रासस