२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलका नगरपालिकामा सप्तकोसी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु



file
अ+ अ-

उदयपुर । उदयपुरको बेलका नगरपालिकाको केही वडामा सप्तकोसी नदीको बाढी प्रवेश गरेर कटान गरेको झन्डै एक किलोमिटर क्षेत्रमा नगरपालिकाले कटान नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरेको छ ।

नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार केही दिनअघि मात्र बाढीले नगरको वडा नं २ ,३ र ८ का डुम्रीबोटसहितका क्षेत्रमा नदी कटानले गाउँघर असुरक्षित भएकाले नगरपालिकाले तटबन्ध निर्माण सुरु गरेको हो । सो निर्माणका लागि प्राविधिकहरुको सल्लाहअनुसार ढुङ्गा सङ्कलन र तारजाली जस्ता सामग्री जुटाउने र उपलब्ध गराउने काम भइरहेको नगरपालिकाले बताएको छ । विगतमा बोरामा बालुवा बाँधेर निर्माण गरेको तटबन्ध नदीले भत्काएकाले अब ढुङ्गाको पर्खाल र तारजाली लगाउन सुरु गरिएको नगरपालिकाकी उपप्रमुख जिरा राईले बताउनुभयो ।

तत्काल फेरि पनि विपत्ति आउन सक्ने हुनाले नगरपालिकाको अन्य विकासको बजेट कटौती गरेर झन्डै तीन करोडभन्दा बढी रकम नगरको वडा नं १ ३ र ८ को नदी कटान नियन्त्रणमा लगाउने जनाइएको छ । यसका लागि सङ्घीय सरकार जलस्रोत मन्त्रालय र प्रदेश सरकारसँग सहयोगे माग गरिएको बेलकाका प्रमुख अशोक कार्कीले बताउनुभयो ।

स्थायी तटबन्धन पहल गरेपनि यो कार्य केही वर्ष ढिला हुन सक्ने हुनाले तत्काल नै केही वडामा कोसी कटानको उच्च जोखिमबाट बचाउन नगरपालिकाको पहल र सक्रियतामा नै तटबन्ध बनाउन लागिएको बताइएको छ । केही दिनअघि बेलकाको कोसी क्षेत्र आसपासमा बाढी आउँदा झन्डै दुई हजार पाँच सयभन्दा बढी जनता अस्थायीरुपमा विस्थापित भएका छन् ।

अहिले पनि नदी कटानबाट विस्थापितमध्ये झन्डै पाँच सयलाई नगरपालिकाले अस्थायी शिविरमा राखेर राहत प्रदान गरिरहेको छ । नगरपालिकाको सिसौलिया, डुम्रीबोट, सातपत्रेलगायत श्रीलङ्का टापु र एबिसी टापुमा सप्तकोसीको बाढी प्रवेश गर्दा सो क्षेत्रका गाउँघर धेरै जोखिममा परेका छन् । त्यहाँका स्थानीय विस्थापित भएपछि अहिले पनि फर्केर गाउँघर प्रवेश गर्न नसकेको बेलका नगरपालिकाले बताएको छ ।