काठमाडौं । पार्टी बिभाजन पछि पहिलो पटक नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बसिरहेको छ । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बसिरहेको बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयन गर्ने एक नेताले जानकारी दिनुभयो ।
दलका नेतामा माधबकुमार नेपाल लाई छनौट गर्ने तय भएपनि प्रमुख सचेतक र सचेतकको भने टुङ्गो नलागेको ती सांसदले जानकारी दिनुभयो । एकीकृत समाजवादीमा प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा सात जना सांसद छन् ।
बैठकमा पार्टी अध्यक्ष नेपालले मन्त्रीमण्डल बिस्तारका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा संग आज बिहान भएको छलफलमा बारेमा पनि समान्य जानकारुी गराउनु भएको ती नेताले जानकारी दिनुभयो ।