१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एकीकृत समाजवादीको  संसदीय दलको बैठक बस्दै , नेपाल दलको नेता बन्दै



अ+ अ-

काठमाडौं । पार्टी बिभाजन पछि पहिलो पटक नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बसिरहेको छ । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बसिरहेको बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयन गर्ने एक नेताले जानकारी दिनुभयो ।

दलका नेतामा माधबकुमार नेपाल लाई छनौट गर्ने तय भएपनि प्रमुख सचेतक र सचेतकको भने टुङ्गो नलागेको ती सांसदले जानकारी दिनुभयो ।  एकीकृत समाजवादीमा प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा सात जना सांसद छन् ।

बैठकमा पार्टी अध्यक्ष नेपालले मन्त्रीमण्डल बिस्तारका  विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा संग आज बिहान भएको छलफलमा बारेमा पनि समान्य जानकारुी गराउनु भएको ती नेताले जानकारी दिनुभयो ।