११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले गोप्य सहमति पालना गरेनन् त्यसपछि समस्या सुरु भयोः माधव नेपाल



अ+ अ-

काठमाडौं।  नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले गोप्य सहमति नगर्दा पनि अहिलेको राजनीतिक अवस्था सृजना भएको बताउनु भएको छ ।

समाजवादीको संसदीय दलको आइतवार बानेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दे अध्यक्ष नेपालले साविक नेकपाका बेला प्रचण्डसँग भएको आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने सहमति पालना नहुदा समस्या सुरु भएको बताउनु भयो ।

उहाँले भन्नुभयो पार्टीको सहमति नमान्ने , बजेटमा पनि विभेद गर्ने नियुक्तिहरुमा एकलैटी गर्ने ओलीले अध्यक्ष भएदेखि हामीमाथि अन्याय गरिरहे कति सहनु अनि बिद्रोह गर्यौ । उहाँले एकीकृत समाजवादी नेपाली राजनीतिमा नयाँ सूर्यको रुपमा उदाएको  दाबी गर्नुभयो ।

उहाँले पार्टीभित्र पक्षपात गर्ने ओलीले बैठकहरुमा बोल्नसमेत नदिएको गुनासो गर्दे पार्टीदेखि संसदसम्म आफ्नो व्यक्तिवादी चरित्र लाद्ने गरेको आरोप लगाउनु भयो ।