२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सांस्कृतिक पर्वहरुको संरक्षण सबैको दायित्व: राष्ट्रपति भण्डारी

सांस्कृतिक पर्वहरुको संरक्षण सबैको दायित्व: राष्ट्रपति भण्डारी
अ अ+ अ-

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले सांस्कृतिक पर्वहरुको संरक्षण सबैको साझा दायित्व रहेको बताउनुभएको छ ।

गुरुङ समुदायको ऐतिहासिक एवं परम्परागत सांस्कृतिक पर्व ट्होटेंका अवसरमा तमुधिँ नेपालले आज पोखरामा आयोजना गरेको विशेष कार्यक्रममा उहाँले नेपाली संस्कृतिको संरक्षण र सम्वद्र्धनमा विभिन्न जातजाति तथा भाषा समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रपति भण्डारीले नेपाली संस्कृतिको संरक्षण र सम्वद्र्धनमा गुुरुङ समुदायको योगदान उल्लेखनीय रहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल राष्ट्रको एकीकरण प्रक्रियामा समेत गुरुङ जातिको विशेष योगदान रहेको छ । विभिन्न जाति तथा समुदायको भाषा, चाडपर्व, वेषभूषा, गीत नाच, रीतिरिवाजबाटनै नेपाली राष्ट्रिय संस्कृतिलाई सबल र समृद्ध बनाउन ठूलो योगदान पुगेको छ भन्ने मलाई लागेको छ ।”

तमुहरुको चाडपर्वमध्ये ट्होटेंं पनि एक मौलिक ऋतु पर्व रहेकाले यस पर्वले सबैमा सकारात्मक ऊर्जा दिने काम गर्दछ भन्ने जनविश्वास रहेको राष्ट्रपतिले बताउनुभयो । उहाँले समाजमा विद्यमान कुप्रथा, अन्धविश्वास र पछौटेपन हटाउन ट्होटेंले ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपाल विविध संस्कृतिले सम्पन्न मुलुक भएको बताउँदै यी संस्कृतिको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । विविधतामा एकता हाम्रो मौलिकता भएको उल्लेख गर्दै उहाँले राष्ट्रिय एकता, सद्भाव कायम गर्दै राष्ट्र निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तमु जातिको उद्गमस्थल क्होलासोथरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि प्रदेश सरकारले काम अघि बढाएको बताउनुभयो । उहाँले चालु वर्षको सरकारको नीति कार्यक्रममा समेत यस विषय समेटिएको उल्लेख गर्नुभयो । हिमालदेखि तराईका फाँटसम्म फैलिएको गण्डकी प्रदेश विभिन्न जातिका कला, संस्कृति र विभिन्न सांस्कृतिक पर्व तथा जात्राहरुमा सम्पन्न रहेको मुख्यमन्त्रीले बताउनुभयो ।

ट्होटेंका अवसरमा पोखराको मानवअधिकार चोकदेखि नयाँबजारसम्म विभिन्न मौलिक वेषभूषा, बाजागाजा, झाँकी, सांस्कृतिक प्रस्तुतिसहित ट्होटेंं ¥यालीको आयोजना गरिएको थियो ।

गुरुङ समुदायले साउन महिनाको अन्तिम मङ्गलबार र चैत महिनाको अन्तिम मङ्गलबार गरी वर्षमा दुई पटक आफ्नो मौलिक पर्वका रूपमा ट्होटें पर्व मनाउने गरेको तमुधिँका अध्यक्ष हुमबहादुर गुरुङले बताउनुभयो । रासस