• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   ‘लण्डन डर्बी’मा चेल्सीमाथि आर्सनलको एकतर्फि जित ★   सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत ★   नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक ★   मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने ★   निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द ★   राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना-फोटो फिचर ★   एउटै बँदेलको टोकाइबाट सात घाइते ★   जनकपुरस्थित होटेलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला ★   विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग राष्ट्रपतिको आग्रह ★   राष्ट्रपति र कतारका अमिरबीच भेटवार्ताः हिमाल, पानीको स्रोत जोगाउने तथा पृथ्वीलाई सुरक्षित राख्ने साझा मुद्दामा…

सांस्कृतिक पर्वहरुको संरक्षण सबैको दायित्व: राष्ट्रपति भण्डारी



पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले सांस्कृतिक पर्वहरुको संरक्षण सबैको साझा दायित्व रहेको बताउनुभएको छ ।

गुरुङ समुदायको ऐतिहासिक एवं परम्परागत सांस्कृतिक पर्व ट्होटेंका अवसरमा तमुधिँ नेपालले आज पोखरामा आयोजना गरेको विशेष कार्यक्रममा उहाँले नेपाली संस्कृतिको संरक्षण र सम्वद्र्धनमा विभिन्न जातजाति तथा भाषा समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रपति भण्डारीले नेपाली संस्कृतिको संरक्षण र सम्वद्र्धनमा गुुरुङ समुदायको योगदान उल्लेखनीय रहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल राष्ट्रको एकीकरण प्रक्रियामा समेत गुरुङ जातिको विशेष योगदान रहेको छ । विभिन्न जाति तथा समुदायको भाषा, चाडपर्व, वेषभूषा, गीत नाच, रीतिरिवाजबाटनै नेपाली राष्ट्रिय संस्कृतिलाई सबल र समृद्ध बनाउन ठूलो योगदान पुगेको छ भन्ने मलाई लागेको छ ।”

तमुहरुको चाडपर्वमध्ये ट्होटेंं पनि एक मौलिक ऋतु पर्व रहेकाले यस पर्वले सबैमा सकारात्मक ऊर्जा दिने काम गर्दछ भन्ने जनविश्वास रहेको राष्ट्रपतिले बताउनुभयो । उहाँले समाजमा विद्यमान कुप्रथा, अन्धविश्वास र पछौटेपन हटाउन ट्होटेंले ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपाल विविध संस्कृतिले सम्पन्न मुलुक भएको बताउँदै यी संस्कृतिको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । विविधतामा एकता हाम्रो मौलिकता भएको उल्लेख गर्दै उहाँले राष्ट्रिय एकता, सद्भाव कायम गर्दै राष्ट्र निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तमु जातिको उद्गमस्थल क्होलासोथरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि प्रदेश सरकारले काम अघि बढाएको बताउनुभयो । उहाँले चालु वर्षको सरकारको नीति कार्यक्रममा समेत यस विषय समेटिएको उल्लेख गर्नुभयो । हिमालदेखि तराईका फाँटसम्म फैलिएको गण्डकी प्रदेश विभिन्न जातिका कला, संस्कृति र विभिन्न सांस्कृतिक पर्व तथा जात्राहरुमा सम्पन्न रहेको मुख्यमन्त्रीले बताउनुभयो ।

ट्होटेंका अवसरमा पोखराको मानवअधिकार चोकदेखि नयाँबजारसम्म विभिन्न मौलिक वेषभूषा, बाजागाजा, झाँकी, सांस्कृतिक प्रस्तुतिसहित ट्होटेंं ¥यालीको आयोजना गरिएको थियो ।

गुरुङ समुदायले साउन महिनाको अन्तिम मङ्गलबार र चैत महिनाको अन्तिम मङ्गलबार गरी वर्षमा दुई पटक आफ्नो मौलिक पर्वका रूपमा ट्होटें पर्व मनाउने गरेको तमुधिँका अध्यक्ष हुमबहादुर गुरुङले बताउनुभयो । रासस