२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीले पीएसजीबाट आज डेब्यु गर्दै !



अ+ अ-

काठमाडौं । अर्जेन्टिनी तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड लियोनल मेसीले आइतबार पीएसजीबाट डेब्यु गर्ने सम्भावना रहेको छ । 

पीएसजीले आज मध्यरातमा लिग वानको चौथो खेल रेईम्ससँग खेल्दैछ ।

अहिलेसम्म मेसी बिना नै पीएसजीले शुरुवाती तीन खेलमा ट्रायस, स्ट्राटवर्ग र ब्रेस्टलाई पराजित गर्दै राम्रो शुरुवात गरेको छ ।

प्रशिक्षक माउरिसियो पोचेटिनासँग काम गरेपछि मेसीलाई टिममा बोलाइएको छ ।

यद्यपि मेसीको डेब्यु वैकल्पिक खेलाडीको रुपमा हुने सम्भावना बढी रहेको छ । उनले कोपा अमेरिकापछि खेलेका छैनन् । 

पोचेटिनोले मेसीलाई राइट साइडबाट खेलाउने सम्भावना छ किनभने ब्राजिलियन स्टार नेयमार बायाँबाट खेल्दछन् । रियल मड्रिड जाने चर्चा चलेका किलियन एमबाप्पेले बीचमा खेल्नेछन् ।