१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीले पीएसजीबाट आज डेब्यु गर्दै !



अ+ अ-

काठमाडौं । अर्जेन्टिनी तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड लियोनल मेसीले आइतबार पीएसजीबाट डेब्यु गर्ने सम्भावना रहेको छ । 

पीएसजीले आज मध्यरातमा लिग वानको चौथो खेल रेईम्ससँग खेल्दैछ ।

अहिलेसम्म मेसी बिना नै पीएसजीले शुरुवाती तीन खेलमा ट्रायस, स्ट्राटवर्ग र ब्रेस्टलाई पराजित गर्दै राम्रो शुरुवात गरेको छ ।

प्रशिक्षक माउरिसियो पोचेटिनासँग काम गरेपछि मेसीलाई टिममा बोलाइएको छ ।

यद्यपि मेसीको डेब्यु वैकल्पिक खेलाडीको रुपमा हुने सम्भावना बढी रहेको छ । उनले कोपा अमेरिकापछि खेलेका छैनन् । 

पोचेटिनोले मेसीलाई राइट साइडबाट खेलाउने सम्भावना छ किनभने ब्राजिलियन स्टार नेयमार बायाँबाट खेल्दछन् । रियल मड्रिड जाने चर्चा चलेका किलियन एमबाप्पेले बीचमा खेल्नेछन् ।