२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनतामा एमालेको ठूलो प्रभाव छ: उपाध्यक्ष ज्ञवाली



file
अ+ अ-

राँझा । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताउनु भएको छ ।

नेकपा एमाले बाँकेले आज कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेकाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एमाले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा छ भन्नुभयो ।

स्थानीय तहको निर्वाचनमा हासिल गरेको मतले एमाले अहिले पनि ठूलो दल भएको दाबी गर्दै उहाँले भन्नुभयो, “नीति, सिद्धान्त, विचार र पार्टीको सरकारले गरेका कामहरुले एमाले विजयी हुने बलियो आधार छ ।”

एमालेलाई सबै दल मिलेर घेराबन्दी गरे पनि उनीहरुको लक्ष्य प्राप्त हुन नसक्ने नेता ज्ञवालीले बताउनुभयो ।