२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्काली राष्ट्रपतिद्वारा खर्च कटौती गर्न सरकारी निकायलाई निर्देशन



अ+ अ-

कोलम्बो । श्रीलङ्काली राष्ट्रपति रनिल विक्रमासिंघेले यहाँका सबै सरकारी निकायहरुलाई सरकारी खर्चमा कटौती गर्न निर्देशन दिनुभएको छ । उहाँले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यहाँका सरकारी निकायहरुलाई अहिले भइरहेको खर्चमा कटौती गर्न निर्देशन दिनुभएको हो । राष्ट्रपति विक्रमासिंघेको सञ्चार सचिवालयले सो कुराको जानकारी दिएको छ ।

सो सचिवालयले राष्ट्रपतिको उक्त निर्देशन श्रीलङ्काका सबै मन्त्रालयल, केन्द्रीय विभाग, प्रान्तीय सरकारका प्रमुख विभागहरु तथा अन्य सरकारी निकायका लागि रहेको पनि बताएको छ ।

श्रीलङ्काले पछिल्ला केही वर्षयता आर्थिक चुनौतीहरुसँग सामना गरिरहेको छ । श्रीलङ्काले हाल सामना गरिरहेको आर्थिक सङ्कटको समाधानका लागि देशभित्रका सरकारी तथा गैरसरकारी निकायहरुका पनि विभिन्न शीर्षकमा खर्च कटौती गरिरहेको पनि बताइएको छ ।

राष्ट्रपति विक्रमासिंघेले सरकारी निकायहरुलाई नयाँ भवन निर्माणका काम नगर्न, भवन तथा जग्गा भाँडामा नलिन पनि दिर्नेशन दिनुभएको समाचारमा जनाइएको छ ।