३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकतम सिट जित्ने गरी गठवन्धन हुनसक्छः प्रवक्ता महत



अ+ अ-

नेपालगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले अधिकतम सिट जित्ने गरी गठबन्धन हुनसक्ने बताउनुभएको छ । 

प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय निर्वाचनमा धेरैभन्दा धेरै जित हासिल गरे केन्द्रीय निर्वाचन जित्न सजिलो हुने भएकाले गठबन्धनको सम्भावना नटरेको उल्लेख गर्नुभयो ।

“पार्टीलाई बलियो पार्न लागौँ, के गर्दा धेरै सिट आउँछ त्यसै गर्ने हो”, प्रवक्ता महतले भन्नुभयो । नेता महतले बढी सिट जित्नका लागि निर्वाचनमा कुनै पनि सम्भावनालाई नकार्न नसकिने बताउनुभयो । 

पार्टीमा लागेका भोट बढाउन सक्नेलाई उम्मेदवार बनाई निर्वाचन जित्ने लक्ष्यका साथ कार्यक्षेत्रमा खटिन कांग्रेस कार्यकर्तालाई आग्रह गर्दै उहाँले गठबन्धन गर्ने द लहरूको प्रस्तावका आधारमा नेपाली कांग्रेसले निर्णय लिने उल्लेख गर्नुभयो ।

प्रवक्ता महतले एमसिसी नेपालको आवश्यकता र विकासका लागि भएको भन्दै एमसिसी परियोजनाले नेपालको विद्युत् प्रसारण र सडक विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।