• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित ★   प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी ★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड ★   यार्सा टिप्न गएका युवकको भीरबाट लडेर मृत्यु ★   ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात छः डा. सुरेन्द्र केसी ★   दरबारनिकट डा. सुन्दरमणि दीक्षितको दाबीः ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गराए, कारण लभ अफयर’ ★   ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो ★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार ★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर

नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइन्छ: सञ्चारमन्त्री कार्की



file

काठमाडौं ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइने बताउनुभएको छ ।

सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सिट बाँडफाँट कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रपति भण्डारीले आईतवार साँझ पुनर्विचारका लागि संघीय संसद्मा फिर्ता पठाउने निर्णय गर्नुभएको थियो । ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसद्बाट पुनर्विचार हुन आवश्यक देखिएकाले’ भन्दै राष्ट्रपतिले फिर्ता पठाउनुभएको थियो ।

आज (सोमवार) सरकारका प्रवक्ता कार्कीले अब नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइने बताउनु भयो । त्यस्तै सिट बाँडफाँट कार्यदलको आजको बैठकले चाँडो भन्दा चाँडो आफ्नो गृहकार्य पूरा गर्नका निमित्त कामलाई व्यवस्थित रुपले अघि बढाएको जनाएको छ । मन्त्री कार्कीले सिट बाँडफाँटको मापदण्ड बनाउँदा वि.सं. २०७४ सालको निर्वाचनमा प्राप्त मतहरु, समानुपातिक मत, र २०७९ सालमा स्थानीय निर्वाचनमा प्राप्त गरेको मतलाई आधार बनाउने बताउनु भयो ।

उहाँले नेकपा (एकीकृत समाजवादी) ले २०७४ सालमा निर्वाचनमा प्रतिष्पर्धा नगरेकोले त्यसलाई विशिष्ट रुपमा राख्दै मापदण्ड तय गर्ने बताउनु भयो । उहाँले सिट बाँडफँटको टुंगो सकेसम्म आउँदो बुधवारसम्म सक्ने लक्ष्य रहेको बताउनु भयो । उहाँले सकेसम्म बाँडफाँट कार्यादलकै बैठकबाट मिलाएर सिटको टुंगोको बारेमा नेतृत्वमा प्रतिवेदन दिने मनशाय रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले चाँडो भन्दा चाँडो आफ्नो गृहकार्य पूरा गर्नका निमित्त कामलाई व्यवस्थित रुपले अघि बढाएका छौँ । बुधवार ४ बजे फेरि हामी बसेर त्यसपछि केही कुरा म भनौँला । सिट बाँडफाँटको मापदण्ड बनाउँदा वि.सं. २०७४ सालको निर्वाचनमा प्राप्त मतहरु समानुपातिक मत, त्यसपछि वि.सं. २०७९ सालमा स्थानीय निर्वाचनमा प्राप्त गरेको मत एउटा आधार हो ।

तर माधव नेपालको पार्टी जो एकीकृत समाजवादी छ, उहाँहरुले त २०७४ सालमा चुनाव लडेको छैन । त्यसलाई विशिष्ट रुपमा राखेर हामी मापदण्ड तय गरेर अघि बढ्नेछौँ । सिट बाँडफाँटको टुंगो चाँडै गर्नुपर्छ । हामीले सकेसम्म हाम्रै तहमा मिलाएर नेतृत्वमा प्रतिवेदन दिने मनशाय छ ।’

मन्त्री कार्कीले सरकारले कसैकोबिरुद्ध पनि गठबन्धन नगरेको भन्दै गठबन्धनमा आउन चाहनेलाई सकारात्मक रुपमा कुरा अघि बढाएको बताउनु भयो । सिट बाँडफाँट कार्यदलको बैठक बुधवार ४ बजे बस्नेछ ।