१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपामा तालमेलसम्बन्धी निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई



अ+ अ-

काठमाडौंँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अन्य दलसँग गठबन्धन, तालमेल वा सहकार्यबारे निर्णय लिने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको तर्फबाट गठबन्धन, तालमेल वा सहकार्यको निर्णय गर्ने एकल अधिकार लिङ्देनलाई दिएको हो ।

यसैगरी बैठकले अध्यक्ष लिङ्देनको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति गठन समेत गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।