१० श्रावण २०८३, आईतवार
,
Latest
झिलीमिली बन्दै जनकपुरधाम लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले भोलि सामूहिक राजीनामा दिने नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली चलचित्र ‘बाबरी’को ट्रेलर सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपाली चलचित्र बाबरीको ट्रेलर सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्ममा अभिनेता धिरज मगर, अदिती बुढाथोकी, धिरज नदकार, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोईराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दिलिप गुरुङ, दिचेन्ला वाङ्बोको अभिनय रहेको छ ।

कार्यक्रममा बोल्दै अभिनेता मगरले नेपाली सिने क्षेत्रमा स्टारडम बनाउन र अरुको ठाउँ ओगट्न आफू नआएको बताउनु भयो । उहाँले आफ्नो कलालाई सकेसम्म राम्रो गर्ने उद्देश्यका साथ कलाकारितामा लागेको र अग्रजहरुका अभिनयलाई हेरेर सिक्दै अघि बढ्ने बताउनु भयो । त्यस्तै अभिनेत्री बुढाथोकीले काम गर्दा कुनै कठिनाइ नभएको बताउनु भयो । उहाँले फिल्ममा धेरै मिहेनत गरेर बनाएकोले हेर्नयोग्य चलचित्र रहेको बताउनु भयो ।

चलचित्र बाबरी आगामी असोज १४ गते देशभर प्रदर्शन हुनेछ । चलचित्र निर्माणको काम नसकिएकोले १४ दिन पछाडि सारिएको हो । फिल्म अभिनेत्री बुढातोकीका मातापिता गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेका हुन् । फिल्ममा संगीत कालीप्रसाद बास्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको छ । फिल्म निर्देशन र सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन् ।