११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

संसदमा गणपूरक संख्या पुग्न छोडेकोप्रति सभामुख असन्तुष्ट

संसदमा गणपूरक संख्या पुग्न छोडेकोप्रति सभामुख असन्तुष्ट
अ अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक संख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

सोमवार संघीय संसद सचिवालयमा आयोजित ‘संसदमा कानून, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले पछिल्ला दिन संसदमा गणपूरक संख्या नपुगेकोप्रति असन्तोष व्यक्त गर्नुभएको हो । पछिल्लो समय संसदमा हाजिर गरेर सांसदरु बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक संख्या पुग्न छोडेको छ । आईतवार मात्रै बसेको प्रतिनिधि सभाको बैठकमा समेत विधेयक पास गर्नका लागि सांसदरुको गणपूरक संख्या नपुग्दा मंगलवारसम्मका लागि बैठक स्थगित गर्नुपरेको थियो ।

उहाँले संसदलाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नुपरेको उल्लेख गर्दै सांसदहरु अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरु प्रमाणीकरण र पास गर्न संसदलाई अफ्ठ्यारो भइरहेको बताउनु भयो । उहाँले संसदमा विधेयक पास गर्नको लागि धेरै पटक घण्टी बजाउनुपरेको र मन्त्रीहरु बोलाउन कुर्नुपरेको भन्दै सबै सांसद र मन्त्रीहरु जिम्मेवार र गम्भीर हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कानून शक्तिशाली हुन, तर्कोचित, न्यायेचित र विवेकशील हुनुपर्छ र मात्र शक्तिशाली हुन्छ । हामीले सबैभन्दा माथि म छु भनेर कसैले ठान्नुपर्दैन । हामीभन्दा माथि पनि कानून छ । हामीले संसदलाई जनतामा जोड्नका लागि कति बुद्धि र विवेक लगायौँ ? कति मिहेनत र परिश्रम ग¥यौं, त्यो मूल्यांकनको कुरा छ । हाम्रा सबै कुरा जनताले हेरिरहेका छन् । हामीले कतिपटक घण्टी बजाउनुपरेको छ, विधेयक पास गर्नका लागि, हामीले कतिन्जेल पर्खिनुपरेको छ, मन्त्रीहरु बोलाउनका लागि । हामी जिम्मेवार र गम्भीर बन्नुपर्छ ।’

सभामुख सापकोटाले समितिमा दोहोरपन देखिएको बताउनु भयो । उहाँले समितिले दिएका निर्देशन सरकारले किन लागू गरेन भन्ने भन्दापनि देशको धरातललाई बुझेर निर्णय भएका हो वा होइनन् भन्ने कुरा स्वयं समितिले आत्मालोचना गर्नुपर्ने बताउनु भयो । उहाँले देशको धरातलीय यथार्थअनुकुल समितिले निर्देशन गरेको छ वा छैन भन्ने कुराको समीक्षा हुन जरुरी रहेको बताउनु भयो । सरकारलाई समितिले आफ्ना निर्देशन लागू गर्न बाध्य पार्ने कुरा भनेको धरातलीय यथार्थ बुझेर जनहीतमुखी निर्देशन हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समितिमा दोहोरोपन हुने गरेको छ । अब हाम्रो समय त छोटो छ तर अभिलेख भएभने वास्तवमा समितिमा छलफल गर्दा, प्रतिनिधि सभामा छलफल गर्दा, हामीले के सोच्नुपर्ने रहेछ भने सरकारले हाम्रो निर्देशन पालना गरेन, हाम्रा निर्देशन लागू भएनन् भन्नुभन्दा पहिले हामीले नै गम्भीर रुपमा समीक्षा गर्नुपर्ने कुरा के रहेछ भन्दा धरातलीय यथार्थ हामीले बुझेका छौँ कि छैनौँ ? हामीले त्यो लागू हुने गरेर निर्देशन जारी गरेका छौँ कि छैनौँ ? त्यसरी निर्देशन गरेमात्रै हामीलाई जनताले साथ दिनेछन् । त्यो लागू गर्न बाध्य हुन्छ । बाध्य बनाउने कुरा के छ भने हाम्रो ज्ञान, क्षमताको कुरा नै हो ।’

सभाुमख सापकोटाले सरकार उदियमान व्यवस्थापिकाको पक्षमा रहेको बताउनु भयो । उहाँले संघीय संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्ने बताउनु भयो । सभामुख सापकोटाले अहिले विश्वव्यापी रुपमा अभिभावक खाँचो भएको जस्तो महशुस भएको बताउनु भयो । उहाँले अरुले बनाएको विश्व दृष्टिकोणबाट राष्ट्रिय दृष्टिकोण बनाऔंला भनेर बस्ने छुट नरहेको भन्दै आफैँले विश्व दृष्टिकोण निर्माण गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रबर स्ट्याम्पको रुपमा पनि व्यवस्थापिका छन्, क्रियात्मक रुपमा पनि छन् । रुपान्तरित रुपमा पनि छन् । तर हामी चाहन्छौं, उदियमान व्यवस्थापिका । हाम्रो संघीय संसदलाई जीवन्त र जनमुखी बनाउनु पर्छ । पहिला जीवन्त भन्ने लाग्थ्यो, सभामुख हुनेबित्तिकै जीवन्त बनाउनुपर्छ भन्ने लाग्थ्यो, जीवन्त त भयो, त्यसले विहंगम छलफल त ग¥यो तर त्यो छलफल मात्रै कर्णप्रिय भयो । ध्यानाकर्षण गर्यो तर जनमुखी हुन सकेन भने राम्रो हुँदैन । हामी उदियमान व्यवस्थापिका चाहन्छौँ । खुलापनि धेरै शक्तिशाली छ, त्यसले सबैलाई जिम्मेवारी बनाउँछ । संकट हामीलाई दुःख सदन आउँदैन । त्यसले समाधान पनि लिएर आउँछ । हामीलाई अहिले महशुस भएको छ, विश्वव्यापी रुपमा अभिभावक खाँचो भएको जस्तो महशुस भएको छ । हामीले विश्व दृष्टिकोण निर्माण गर्नुछ । अरुले बनाएको विश्व दृष्टिकोणबाट हामीले राष्ट्रिय दृष्टिकोण बनाऔंला भनेर बस्ने छुट छैन ।’

सभामुख सापकोटाले खोज, अनुसन्धान गरेर प्रभावकारी बनाएका कारण अमेरिका, स्वीडेन, जर्मनीका समितिहरु धेरै शक्तिशाली रहेको बताउनु भयो । उहाँले त्यहाँका समितिहरु कानून निर्माणमा असाधारण खोज, अनुसन्धान गरेका कारण शक्तिशाली भएको बताउनु भयो । सभामुख सापकोटाले नेपालमा खोज, अनुसन्धान आवश्यक ध्यान नपुगेको बताउनु भयो । उहाँले तथ्यांकहरुको महत्व नबुझ्दा गत वर्ष मेलम्ची र मनाङका विपद्जन्य घटना न्यूनिकरण गर्न नसकेको बताउनु भयो । उहाँले अहिले संसदमा तथ्यांक विधेयकहरु पास भइरहेको उन्दै तथ्यांकलाई समयमै बुझेर तथ्यांक संकलन गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अमेरिका, स्वीडेन, जर्मनीका समितिहरु धेरै शक्तिशाली छन् । किनभने उनीहरुले खोज, अनुसन्धान गरेर धेरै प्रभावकारी बनाएका छन् । हामीले बुझेको भन्दापनि शक्तिशाली छन् । उनीहरुले सजिलैसँग जवाफदेही बनाउन सक्छन् । त्यसको कारण के हो भने कानून निर्माणमा उहाँहरुले गरेको असाधारण खोज, अनुसन्धान हो । हामीले खोज अनुसन्धानमा नेपालमा धेरै ध्यान दिँदैनौँ । हामीले खोज अनुसन्धानको महत्वलाई अझ राम्रोसँग बुझ्नका लागि हामीलाई गाह्रो भइरहेको छ । यही पुस्तकका बारेमा अरु कुराको बारेमा । जब भयानक ठूलो धक्का दियो । मेलम्चीमा र मनाङमा । त्योपछि विज्ञसँग छलफल गर्दा मलाई थाहा भयो । अहिले पनि हामीलाई लाग्छ, डेटा भनेको त के हो र ?तर मैले विज्ञसँग कुरा गर्दा थाहा पाएँ कि डेटाको महत्व कति छ ? हामीले डेटाको महत्वलाई समयमै बुझेर समयमै व्यवस्थित गर्न सकेको भए त्यो क्षति रोक्न सकिन्थ्यो भन्नुभयो । सन्दर्भ अहिले हाम्रो तथ्यांक विधेयकहरु पनि पास भइरहेको छ ।’

सभाुमख सापकोटाले सरकारले बनाएका कानूनको सही कार्यान्वयन भए÷नभएको मूल्यांकन हुनु जरुरी रहेको बताउनु भयो ।