१३ श्रावण २०८३, बुधबार
,
Latest
प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक मन्त्रिपरिषद् बैठक सुरु प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन सभामुख डीपी अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरु भयो एमालेको जागरण सभा



अ+ अ-

काठमाडौं । राजनीतिक र सामाजिक अराजकता मच्चाउनेका विरुद्ध नागरिकलाई सचेत बाउन नेकपा एमालेको आज काठमाडौंमा आयोजना गरेको जागरण सभा भद्रकालीमा सुरु भएको छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार भद्रकालीबाट सुरु भएको र्‍याली सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत भएको हो । नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुरको आयोजनामा सभा सुरु भएको हो ।
कार्यक्रममा उपत्यकाका तीनवटा पार्टी, जनसंगठन, उपत्यका समन्वय तथा विभिन्न जिल्लाका काठमाडौं सम्पर्क मञ्चका साथै नेकपा एमालेका शुभेच्छुक, शुभचिन्तकको ठुलो सङ्ख्याका उपस्थिति रहेको छ ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाको अध्यक्षता तथा नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिहरु प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, पार्टीका सचिवहरू, अनुशासन आयोग, अनुशासन आयोग, निर्वाचन आयोग, केन्द्रिय सल्लाहकार अध्यक्ष, स्थायी कमिटी सदस्यहरू, पोलिटब्युरो सदस्यहरू, केन्द्रीय सदस्यहरू, जनसंगठनका प्रमुखहरू लगायतको सहभागिता रहेको छ ।

कार्यक्रमको अध्यक्षता गर्दै निरौलाले जनतामा सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।