१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्तरमा छलफल नगरी बिआरआई सम्झौतामा हस्ताक्षर गर्नु हुँदैनः विमलेन्द्र निधी



अ+ अ-

काठमाडौँ । नेपाल काँग्रेसका नेता एवं सांसद विमलेन्द्र निधीले राष्ट्रिय स्तरमा छलफल नगरी बिआरआई सम्झौतामा हस्ताक्षर गर्न नहुने बताउनुभएको छ ।

शुक्रवार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा नेता निधीले हतारमा सम्झौता गरेर पछुताउनु भन्दा विस्तृत रुपमा छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बिआरआई चिनियाँ नीति रहेको र नेपालले आसन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा के गर्छ भन्ने विषय चासोका साथ हेरिएको उल्लेख गर्नुभयो । उहाँले नेपाली काँग्रेसले चीनबाट बिआरआई प्रोजेक्टअन्तर्गत लिने कुनैपनि विकासका कुराहरुमा अनुदान मात्रै लिने नीति अंगालेको बताउनु भयो । बिआरआईअन्तर्गत ऋण लिन आफूहरुले नचाहेको बताउनु भयो । उहाँले बिआरआई प्रोजेक्टमा व्यापक, विस्तृत रुपमा राष्ट्रियस्तरमा छलफल हुनु जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बिआरआई चिनियाँ पोलिसी हो । त्योअन्तर्गत हाम्रो स्ट्याण्ड चर्चाको विषय छ । प्रधानमन्त्री ओलीको भ्रमणको विषयमा केके कुरा सही गर्ने ? केके कुरा सम्झौताहरु गर्ने भन्ने विषयमा । नेपाली काँग्रेसको शुरुदेखि नै आधिकारिक विषय के छ भने चीनबाट हामीले बिआरआई प्रोजेक्टअन्तर्गत लिने कुनैपनि विकासका कुराहरुमा अनुदान मात्रै लिन्छौँ । लोनमा हामी जाँदैनौँ । मुल विषय त्यही हो । हाम्रो तर्फबाट शेरबहादुरजीले र पार्टीले प्रधानमन्त्रीज्युलाई भनिसक्नुभएको छ । चीन जाँदाखेरी अनुदान बाहेक लोनमा सही नगर्ने भनेर । बिआरआई प्रोजेक्टको बारेमा हाम्रो धारणा के हो भने यसको बारेमा व्यापक, विस्तृत छलफल हुनुपर्छ, राष्ट्रियस्तरमा छलफल हुनुपर्छ । त्यतिमात्रै होइन, म त अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति छु । बिआरआई प्रोजेक्ट नेपालको हितमा छ की छैन ? बिआरआई पोलिसीअन्तर्गत केके विषय हो, त्यसको बारेमा व्यापक छलफल हुनुपर्छ ।’

नेता निधीले बिआरआई प्रोजेक्ट नेपालको हितमा छ वा छैन रु बिआरआई पोलिसीअन्तर्गत केके विषय हो भन्नेबारेमा व्यापक छलफल जरुरी रहेको बताउनु भयो ।