७ पुष २०८२, सोमबार
,
Latest
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आम निर्वाचनबारे केन्द्रिय सुरक्षा समितिमा छलफल सुरु



अ+ अ-

काठमाडौं । सरकारले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे प्रारम्भिक छलफल सुरु गरेको छ ।

सोमबार सिंहदरवारमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकमा आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे आवश्यक छलफल सुरु भएको हो । चार वटै सुरक्षा निकायका प्रमुखहरुसहित बसेको केन्द्रिय सुरक्षा समितिको बैठकमा सो निर्वाचनको सुरक्षा तयारीबारे प्रारम्भिक छलफल सुरु गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनु भयो ।

उहाँले सो निर्वाचनमा जनशक्ति कति चाहिन्छ ? त्यसका चुनौतिहरु के–के हुन ? त्यसलाई आँकलन गरेर निर्वाचन सुरक्षा योजना बनाउनुपर्ने भएकाले बैठक सोही विषयमा केन्द्रित रहेको पनि बताउनु भयो । केन्द्रिय सुरक्षा समितिले चार वटै सुरक्षा निकायका प्रतिनिधिहरु रहने गरी निर्वाचन सुरक्षा योजना बनाउने गर्दछ । गृह मन्त्रालयका प्रवक्ता पोखरेलले निर्वाचनको चुनौति र त्यसलाई सामना गर्ने उपायहरुको बारे पनि सो समितिले नीति बनाउने हुनाले त्यस सम्बन्धमा पनि बैठकमा छलफल भएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘खासगरी मंसीर ४ गते हुने निर्वाचनको सन्दर्भमा कसरी व्यवस्थापन गर्ने, तयारी के गर्ने भन्ने विषयमा प्रारम्भिक बैठक भएको हो । केन्द्रिय निर्वाचन सुरक्षा योजना बनाउँछौं हामीले । प्रदेशसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षा योजना भनेर हामीले सबै सुरक्षा निकायका प्रतिनिधिहरु रहनेगरी सुरक्षा योजना बनाउँछौं । त्यसमा हाम्रो जनशक्ति कति चाहिन्छ ? त्यसको आँकलन पनि गरिन्छ । त्यसपछि निर्वाचनका चुनौतिहरु के–के हुन ? त्यसलाई सामना गर्ने उपायहरु पनि नीति तय गर्छौं ।’

बैठकमा गहसचिव टेकनारायण पाँण्डे, रक्षा सचिव किरण शर्मा, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशष्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीसहितका सुरक्षा अधिकारीहरु सहभागी हुनु भएको थियो ।