• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु हुँदैन: महामन्त्री थापा ★   संवैधानिक परिषद्को निर्णय सर्वसम्मतिले गर्नुपर्छ भन्नेमा अडिग छु: गृहमन्त्री लामिछाने ★   सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्या ★   चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान ★   मुस्ताङको चराङ–छोसेर सडक आयोजना अधुरो ★   मानव तस्करीमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ ★   भारतीय मुलका क्रिकेटरलाई बलात्कार मुद्दामा सफाइ, अस्ट्रेलियाली महिलाले आरोप लगाएकी थिइन् ★   यी चीजहरू उपहारको रूपमा दिनाले सम्बन्धमा खटपट आउँछ ★   साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी राष्ट्रपति पौडेल ★   के हो ‘स्लीप डिभोर्स’, सम्बन्धमा राम्रो कि नराम्रो ?

यात्रुसहितको रेल जब सुरुङमा बेपत्ता भयो, आजसम्म खुल्न सकेको छैन रहस्य



एजेन्सी । पृथ्वीमा धेरै रहस्यमय घटनाहरू घटेका छन्, जुन अझै पनि मानिसहरूका लागि रहस्य बनेको छ । वैज्ञानिकहरूले यी रहस्यहरू सुल्झाउन धेरै प्रयास गरे, तर तिनीहरूले सफलता पाउन सकेनन् ।

यी रहस्यमय घटनाहरूसँग सम्बन्धित धेरै कथाहरू मानिसहरूमा प्रचलित छन् । वैज्ञानिकहरूले यी रहस्यहरू पत्ता लगाउन सकेनन्, तर यी घटनाहरू सधैं मानिसहरूको लागि जिज्ञासाको विषय बनेका छन् ।

यी रहस्यमय घटनाहरूमा सन् १९११ मा घटेको घटना पनि समावेश छ । सन् १९११ मा एउटा रेल सुरुङमा छिर्नेबित्तिकै रहस्यमय रूपमा बेपत्ता भयो । यो ट्रेनमा १०६ जना सवार थिए । सुरुङमा बेपत्ता भएको रेल (रहस्यमय ट्रेन)बारे आजसम्म थाहा पाउन सकिएको छैन ।

यो रहस्यमयी घटना इटालीको राजधानी रोमको हो । १९९१ मा, ट्रेन रोम स्टेशनबाट प्रस्थान गर्यो, जसको नाम जेनेटी थियो । रेल एउटा सुरुङ हुँदै अर्को स्टेशनमा जान लागेको थियो, तर सुरुङमा छिर्नेबित्तिकै रेल अचानक गायब भयो । ट्रेनको धेरै खोजी गरियो तर पत्ता लाग्न सकेन ।

रेलमा सवार दुईजना सुरुङबाहिर फेला परेका थिए । उनले यस्तो स्तब्ध पार्ने घटनाबारे एउटा कुरा भने, जसको बारेमा थाहा पाएर सबैको होश उडायो । ट्रेन सुरुङ नजिक पुग्दा त्यहाँबाट रहस्यमय धुवाँ निस्किएको देखेपछि दुवैजना आत्तिएर रेलबाट हामफालेको उनीहरुले बताए । यसपछि ट्रेन सुरुङमा गयो र कहिल्यै फर्किएन ।

यो रहस्यमय घटनाको बारेमा बताइएका कुराहरु झनै अचम्मका छन् । यो रेल आफ्नो समयभन्दा ७१ वर्ष पछाडि अर्थात् विगतमा गएको बताइएको छ । सुरुङमा हराएको रेल सन् १८४० मा मेक्सिको पुगेको मिडिया रिपोर्टमा उल्लेख छ । जसका कारण मानिसहरुले यो ट्रेनलाई भूत ट्रेन पनि भन्ने गर्छन् ।

मेक्सिकोका एक डाक्टरले चकित पार्ने दाबी गरेका छन् । ती महिलाले भनेकी थिइन् कि उनको अस्पतालमा रहस्यमय रूपमा १०४ जनालाई भर्ना गरिएको थियो तर सबै पागल भइसकेका थिए । ती व्यक्तिहरु सबै रेलबाट अस्पताल पुगेको महिलाले बताएकी थिइन् ।

सबैभन्दा अचम्मको कुरा के छ भने त्यो समयमा रोमबाट सिधै मेक्सिको जाने रेल थिएन भने यी मानिसहरु मेक्सिको गएको कुनै रेकर्ड थिएन । यो रहस्यमय घटना आजसम्म विश्वको लागि रहस्य बनेको छ ।

तर सुरुङमा रहस्यमय रूपमा बेपत्ता भएको रेल इटाली, रुस, जर्मनी र रोमानियाका धेरै क्षेत्रमा देखिएको दाबी गरिएको छ । मानिसहरूले त्यहाँका रेललाई सन् १९११ मा हराएको रेलजस्तै देखिने दाबी गर्छन् ।