२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रका नाममा मोदीको ८३ मिनेटको सम्बोधन, सबैभन्दा लामो भाषणको रेकर्ड कति छ ?



भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ।
अ+ अ-

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार लाल किल्लाबाट नवौं पटक राष्ट्रका नाममा सम्बोधन गरेका छन् । ७६औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्रीले लाल किल्लाबाट झण्डा फहराएर ८३ मिनेट राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । यसअघि २०२१ को स्वतन्त्रता दिवसमा उनले ८८ मिनेट भाषण गरेका थिए । सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री चुनिएका उनले ६५ मिनेट देशका नाममा सम्बोधन गरेका थिए ।

सन् २०१५ मा प्रधानमन्त्री नरेन्द्र मोदीले ८६ मिनेटको भाषण गरेर पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूको कीर्तिमान तोडेका थिए । नेहरूले १९४७ मा लाल किल्लाबाट ७२ मिनेट लामो भाषण गरेका थिए ।

प्रधानमन्त्री मोदीले अहिलेसम्म लाल किल्लाबाट देशका नाममा ९ पटक सम्बोधन गरिसकेका छन् । उनले एक घन्टाभन्दा कम समय राष्ट्रका नाममा एकपटक मात्रै सम्बोधन गरेका थिए । २०१७ को स्वतन्त्रता दिवसमा प्रधानमन्त्रीको भाषण मात्र ५६ मिनेट लामो थियो । यो उनको सबैभन्दा छोटो भाषण हो ।

मोदीले गरेका भाषणहरुको समय–
२०१४– ६५ मिनेट, २०१५ – ८६ मिनेट, २०१६ – ९६ मिनेट, २०१७ – ५६ मिनेट, २०१८ – ८२ मिनेट, २०१९ – ९३ मिनेट, २०२० – ८६ मिनेट, २०२१ – ८८ मिनेट, २०२२ – ८३ मिनेट । यो सबै भाषणहरु उनले लालकिल्लाबाट स्वतन्त्रता दिवसको अवसरमा गरेको सम्बोधन हो ।