• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   लिभरपुल र एस्टन भिल्लाले बराबरी खेले ★   गुजरातका लागि वर्षा बन्यो घातक, प्लेअफबाट बाहिरियो ★   पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता ★   राष्ट्रपतिद्वारा संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   अर्थसमिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन: पूर्वअर्थमन्त्री पौडेल ★   ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छः मुख्यमन्त्री कार्की ★   जसपाका नवनियुक्त मन्त्रीले लिए सपथ

ओली पत्नी राधिकाले मानवसेवा आश्रममा मनाइन् जन्मदिन



काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको श्रीमती राधिका शाक्यले मानवसेवा आश्रममा जन्मदिन मनाउनुभएको छ ।

मानवसेवा आश्रमको संरक्षक समेत रहनुभएको शाक्यले नागार्जुन नगरपालिकामा रहेको आश्रमको शाखामा आइतबार बेलुका जन्मदिन मनाउनुभएको हो ।

शाक्यले जन्मदिनको अवसरमा मानवसेवा आश्रमको संरक्षणमा रहनुभएका लक्ष्मीनारायण र बालगोपालहरुलाई भोजन गराउनका लागि रु. ५२ हजार योगदान गर्नुभयो ।

उक्त कार्यक्रम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा भएको थियो । उहाँले आश्रममा आश्रितहरुलाई आफ्नै हातले भोजन गराउँदै रमाउनुभयो ।

कार्यक्रममा बूढानिलकण्ठ नगरपालिकाका उप प्रमुख अनिता लामा, नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद ढकाल, मानवसेवा आश्रमका अभिभावक एवम् बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष माननीय सुरेशमान श्रेष्ठ, नागार्जुन नगरपालिकाका प्रशासन विभाग प्रमुख नारायण तिमल्सिना लगायत मानवसेवा आश्रमलाई प्रेम गर्नुहुने सहयोगी शुभेच्छुक महानुभावहरुको उपस्थिति रहेको थियो ।

मानवसेवा आश्रमले सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) सडकआश्रित मानवहरुको उद्धार, उपचार, पारिवारिक पुनर्मिलन एवं पुनर्मिलन हुन नसकेकाहरुको लालनपालन र संरक्षण गर्दै आइरहेको छ ।

आजको दिनसम्म आइपुग्दा करिब ७५०० जनाको उद्धार गरिसकेको छ भने आजको दिनमा सातै प्रदेशको १९ जिल्लाको २३ वटा सेवा केन्द्रमा गरि करिब १५०० जना विभिन्न उमेर समूहका व्यक्तिहरु संरक्षित हुनुहुन्छ ।