३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

चीनसँग सांस्कृतिक सम्बन्ध स्थापित र विस्तार गर्न कला क्षेत्रको महत्वपूर्ण भूमिका: राष्ट्रपति भण्डारी

चीनसँग सांस्कृतिक सम्बन्ध स्थापित र विस्तार गर्न कला क्षेत्रको महत्वपूर्ण भूमिका: राष्ट्रपति भण्डारी
अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र चीन बिचको मित्रता मन्जुश्री, बुद्धभद्र र भृकुटीले न्यानो बनाएको बताउनु भएको छ ।

कृष्णकुमार पाण्डेद्वारा लिखित ऐतिहासिक उपन्यास ‘डिभाइन ह्यान्ड्स्स् अरनिको मोर देन अ गेष्ट अफ एन्सिएन्ट चाइना’ कृति लोकार्पण समारोहलाई सम्बोधन गर्दे राष्ट्रपति भण्डारील नेपाल र चीन बिचको मित्रता तथा बौद्ध दर्शनको विस्तारलाई नेपाली धर्तीपुत्र अरनिकोले थप उज्यालो तुल्याएको बताउनु भयो ।

उहाँले भन्नुभयो “यस ऐतिहासिक उपन्यासको माध्यमबाट ७०० वर्ष अघि तिब्बतको शाक्य गुम्बाभित्र अरनिकोद्वारा निर्मित स्वर्णिम चैत्य तथा चीनमा त्यसबखत तातु भनेर चिनिने हालको बेइजिङ सहरमा निर्मित श्वेत चैत्यबारे पाठकहरूलाई विस्तृत जानकारी प्राप्त हुनेछ भन्ने मलाई लागेको छ ।”

राष्ट्रपति भण्डारीले भन्नुभयो “इतिहासको एउटा युगलाई जीवन्त रूपले स्मरण गराउने श्वेत चैत्य आज पनि नेपाल र चीन बिच मित्रताको प्रतीक बनेर उभिएको छ । हाम्रो नजिकको छिमेकी मित्रराष्ट्रसँग सांस्कृतिक सम्बन्ध स्थापित र विस्तार गर्न कला क्षेत्रले खेलेको भूमिका ऐतिहासिक हुनुका साथै उच्च सम्मानयोग्य रहेको पनि यसबाट पुष्टि हुन्छ ।”

राष्ट्रपति भण्डारीले  नेपालचीन सम्बन्धको ऐतिहासिक धरोहर मानेर श्वेत चैत्यको संरक्षण गर्न चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले आफैं अग्रसरता लिनुभएको स्मरण गर्दै उहाँको योगदानको समेत स्मरण गर्नुभयो ।

बिमोचन समारोहलाई सम्बोधन गर्दे उहाँले चीनको राजधानी बेइजिङमा निर्मित श्वेत चैत्य ललितपुरका यलयबाबुले निर्माण गरेको हुनाले यो कृति उनकै वरपर केन्द्रित बन्नु स्वाभाविक भएको बताउनु भयो । उहाँले भन्नुभयो तत्कालीन चिनियाँ भाषामा पाहुनालाई आदरपूर्वक ‘अनिक’ भन्ने गरेको कारण पाटनका यलयबाबु नै ‘अरहनिको’ नामले चिनिएको विषय लेखकले आफ्नो अनुसन्धानबाट प्रष्ट्याउनु भएको बताउनुभयाे  ।

राष्ट्रपति भण्डारीले अरनिको जस्ता महान विभूतिका बारेमा आफ्नो मुलुक नेपालले भने सात सय वर्षपछि वि।सं। २०२८ सालमा मात्र थाहा पाउनुले हाम्रो इतिहास अध्ययन, अन्वेषण र खोजलाई तीब्र बनाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा ललितपुर महानगरपालीकाका प्रमुख चिरीबाबु महर्जनले कृति ललितपुरका लागि ठुलो उपहार भएको भन्दै अरनिको बारे थाहा नभएका तथ्थ हरु उजागर भएको बताउनु भयो ।

लेखक कृष्णकुमार पाण्डेले ईतिहासका कतिपय तथ्यहरु बाङ्गो रुपमा प्रस्तुत हुदै आएको हुदा खोज अनुसन्धान गरी सिधा बनाउनु पर्ने बताउनु भयो । उहाँले ईतिहास भबिष्यको मार्गदर्शक हुने भएपनि अहिले अपहेलित भएको भन्दै सहि ईतिहासको सम्मान र संरक्षण गर्न आग्रह गर्नुभयो ।