७ पुष २०८२, सोमबार
,
Latest
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली करिडोर अन्तर्गतको सलीसल्लामा बेलिब्रिज बनाउन सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद रंगमती शाहीले कर्णाली करिडोर अन्तर्गतको सलीसल्लामा बेलिब्रिज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले कर्णाली करिडोर अन्तर्गत सलीसल्लामा बेलिब्रिज बनाउन आफूले ३ वर्षदेखि सरकारको ध्यानाकर्षण गराएको भएपनि हालसम्म बन्न नसकेको बताउनु भयो ।

उहाँले सरकारको निकायहरुले एकले अर्कोलाई काम लगाएर पन्छिने गरेको बताउनु भयो । सांसद शाहीले जुम्लाका जनताहरुले एम्बुलेन्स चढ्न नपाउन् र बाँदर हिड्ने बाटोमै हिडुन् भन्ने सरकारले उद्देश्य राखेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘कर्णाली करिडोरको सलीसल्ला भन्ने ठाउँमा एउटा बेलिब्रिज बनाउनका लागि ३ वर्ष म सिंहदरबार धाउँदा धाउँदा हरेक नियम, कानून लागू हुन थाले । आज बाटै नभएको ठाउँमा पुलहरु बनेका छन् । त्यसमा नियम, कानून केहीपनि लाग्दैन रे । एउटा हुम्ली जनताले एम्बुलेन्स चढ्न पाउँ ।

गाडी चढेर मेरो उपचार काठमाडौंका राम्रा अस्पतालमा उपचार होस् भन्नका लागि आज हुम्ली जनतामाथि, हुम्लाको विकास निर्माणका लागि आज हरेक नियम, कानून लगाइन्छ । मन्त्रीले सचिवलाई, सचिवले डिजीलाई, डिजीले आयोजना प्रमुखलाई अह्राउनुहुन्छ । आयोजना प्रमुखले पुच्छर हल्लाउँदै बसेका छन् । हुम्ली जनताले अझैपनि बाँदर हिँड्ने बाटोमै हिँडुन् भन्ने सरकारको उद्देश्य त्यही हो ।’

उहाँले हुम्लामा हालसम्म सडक सञ्जाल नजोडिएको, आंगिक क्याम्पस नभएको, विद्युतको राष्ट्रिय प्रशारण लाइन नपुगेको र सञ्चारको पहुँच नभएको पनि बताउनु भयो ।