१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली करिडोर अन्तर्गतको सलीसल्लामा बेलिब्रिज बनाउन सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद रंगमती शाहीले कर्णाली करिडोर अन्तर्गतको सलीसल्लामा बेलिब्रिज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले कर्णाली करिडोर अन्तर्गत सलीसल्लामा बेलिब्रिज बनाउन आफूले ३ वर्षदेखि सरकारको ध्यानाकर्षण गराएको भएपनि हालसम्म बन्न नसकेको बताउनु भयो ।

उहाँले सरकारको निकायहरुले एकले अर्कोलाई काम लगाएर पन्छिने गरेको बताउनु भयो । सांसद शाहीले जुम्लाका जनताहरुले एम्बुलेन्स चढ्न नपाउन् र बाँदर हिड्ने बाटोमै हिडुन् भन्ने सरकारले उद्देश्य राखेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘कर्णाली करिडोरको सलीसल्ला भन्ने ठाउँमा एउटा बेलिब्रिज बनाउनका लागि ३ वर्ष म सिंहदरबार धाउँदा धाउँदा हरेक नियम, कानून लागू हुन थाले । आज बाटै नभएको ठाउँमा पुलहरु बनेका छन् । त्यसमा नियम, कानून केहीपनि लाग्दैन रे । एउटा हुम्ली जनताले एम्बुलेन्स चढ्न पाउँ ।

गाडी चढेर मेरो उपचार काठमाडौंका राम्रा अस्पतालमा उपचार होस् भन्नका लागि आज हुम्ली जनतामाथि, हुम्लाको विकास निर्माणका लागि आज हरेक नियम, कानून लगाइन्छ । मन्त्रीले सचिवलाई, सचिवले डिजीलाई, डिजीले आयोजना प्रमुखलाई अह्राउनुहुन्छ । आयोजना प्रमुखले पुच्छर हल्लाउँदै बसेका छन् । हुम्ली जनताले अझैपनि बाँदर हिँड्ने बाटोमै हिँडुन् भन्ने सरकारको उद्देश्य त्यही हो ।’

उहाँले हुम्लामा हालसम्म सडक सञ्जाल नजोडिएको, आंगिक क्याम्पस नभएको, विद्युतको राष्ट्रिय प्रशारण लाइन नपुगेको र सञ्चारको पहुँच नभएको पनि बताउनु भयो ।