१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

केराखेतीबाट मनग्य आम्दानी

केराखेतीबाट मनग्य आम्दानी
फाईल फोटो
अ अ+ अ-

कञ्चनपुर । कृष्णपुर नगरपालिका–४ मौवाफाँटाका ३४ वर्षीय हरेन्द्र बोहरा कृषि पेशा गरेर गाउँमै सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचत हुनुहुन्छ ।
 
व्यावसायिक केराखेती, कुखुरा, बङ्गुर र बाख्रापालनमा उहाँ संलग्न रहँदै आउनुभएको छ । परम्परागत कृषि कार्यलाई आधुनिक तौरतरिका अपनाइ उहाँले अगाडि बढाउँदै आउनुभएको छ । व्यावसायिक कृषि कार्यका लागि बोहराले सञ्चालन गरेको ‘फोर फक्स क्याटल एण्ड ह्याचरी’मा रु एक करोड २५ लाख लगानी गर्नुभएको छ । व्यावसायिक कृषि कार्यका लागि कृषि विकास बैंकबाट उहाँले रु एक करोड कर्जा लिनुभएको छ । पाँच बिघा जग्गामा व्यावसायिक केराखेती गरिएको छ । 

यसबाट वार्षिकरुपमा प्रतिबिघा रु सात लाखदेखि रु नौ लाखसम्मको केरा बिक्री हुने गरेको छ । केराखेती गर्दा प्रतिबिघा लागत खर्च रु तीन लाख ५० हजारजति लाग्ने गरेको छ । लागत खर्च कटाएर रु पाँच लाखदेखि सात लाखसम्म आम्दानी हुने गरेको छ । 

केराखेतीका लागि बिरुवा रोप्ने, गोडमेल गर्ने, सिँचाइ गर्ने र बजार व्यवस्थापनको कार्यमा बोहरा आफैँ खटिदै आउनुभएको छ । “आवश्यक परेका बेलामात्रै १०÷१५ जना मजदुरलाई ज्यालादारीमा काममा राख्दै आएका छौँ”, उहाँले भन्नुभयो, “बाँकी समय आफैँ कार्य गर्छौं ।”
 
केरा खेतीलाई उहाँले एक दशकदेखि अपनाउँदै आउनुभएको छ । “पहिला परम्परागतरुपमा केराखेती हुने गरेको थियो”, उहाँले भन्नुभयो, “त्यसलाई आधुनिकीकरण गरी खेती गर्न थालेपछि आम्दानी विगतको तुलनामा तेब्बरले बढेको छ ।” केराखेतीसँगै बोहरा अण्डा दिने लेयर्सजातका कुखुरापालनको कार्यमा समेत संलग्न हुनुहुन्छ ।
 
घर नजिकै निर्माण गरिएका दुई वटा फार्ममा पाँच हजार लेयर्सजातका कुखुरापालन गरिएका छन् । फार्ममा पालिएका कुखुराले दैनिक तीन हजारदेखि चार हजार ५०० सम्म अण्डा दिने गरेका छन् । दुवै फार्ममा पालिएका कुखुराबाट दैनिक १०७ क्रेट अण्डा उत्पादन हुने गरेको छ । उत्पादित अण्डा नजिकैका बजारमा सहजरुपमा खपत हुने गरेका छन् । मासिकरुपमा रु १५ लाख र वार्षिकरुपमा रु एक करोड ५० लाख बढीका अण्डा बिक्री हुने गरेका छन् । 

“अण्डा भण्डारण गर्नका लागि उहाँले घरमै विद्युतीय चेम्बरसमेत निर्माण गरेका छन् । बजारमा खपत नभएको अण्डा चेम्बरमा राख्ने गरेको छु”, उहाँले भन्नुभयो, “बजारमा मागअनुसार अण्डाको आपूर्ति गर्न सहज भएको छ ।” सुदूरपश्चिम प्रदेश सरकारको अनुदानमा चेम्बर निर्माण गरिएको छ ।

तापक्रम व्यवस्थापन गरी चेम्बरमा केरा पकाउने कार्यसमेत हुने गरेको छ । “केरा पकाउनका लागि पहिला बाह्य क्षेत्रमा पठाउनुपर्ने अवस्था थियो”, कृषक बोहराले भन्नुभयो, “घरमै चेम्बरको व्यवस्था भएपछि पाकेको केरा बजारमा सहजरुपमा बेच्न पाएका छौँ ।”
 
उहाँ सुदूरपश्चिम प्रदेशका उत्कृष्ट किसानका रुपमा पुरस्कृतसमेत भइसक्नुभएको छ । प्रदेश सरकारले उहाँलाई उत्कृष्ट किसानका रुपमा केही महिनाअघि पुरस्कृत गरेको थियो । पुरस्कृत भएपछि बोहरालाई कृषि कार्यमा लाग्नका लागि थप हौसला थपिएको छ । बोहराले घरमै डुयुरोक, ल्याण्डरस, हेमसागर जातका उन्नत बङ्गुरका पाठा चितवनबाट ल्याई पालन गर्नुभएको छ । 

हाल बच्चा र माउ गरी २४ वटा बङ्गुर उहाँको फार्ममा रहेका छन् । निकट भविश्यमै माछा पोखरी बनाइ त्यसको डिलमा बङ्गुरको फार्म बनाएर अतिरिक्त आम्दानी गर्ने सोच उहाँको रहेको छ । बङ्गुरसँगै घरमै २५ जति उन्नत जातका बाख्रासमेत पालेका छन् । कुखरा र बङ्गुरका दाना भने बोहराले बाह्य क्षेत्रबाट खरिद गरेर ल्याउदैनन् । घरमै रहेको दाना बनाउने उद्योगबाट उहाँले दाना तयार गर्दै आउनुभएको छ । 

“बजारबाट खरिद गर्ने दानाभन्दा घरमै रहेको उद्योगबाट उत्पादित दाना प्रतिकिलो रु सात देखि १० सम्म सस्तो पर्छ”, उहाँले भन्नुभयो, “बजारको भन्दा गुणस्तरीय पनि हुन्छ । जसबाट उत्पादन लागत घटनासँगै आम्दानी चाहे जस्तै हुन्छ । बजारमा दानाको अभाव हुँदा पनि समस्या हुँदैन ।” सुदूरपश्चिम सरकारको ५० प्रतिशत अनुदानमा दाना उद्योग उहाँले स्थापना गर्नुभएको हो । 

हरेन्द्रका बुवाले २०७० सालअघि घरमै व्यावसायिकरुपमा गाईपालनको कार्य गर्दै आउनुभएको थियो । थोरै जग्गामा केराखेतीलाई समेत अँगाल्नुभएको थियो । मजदुरको अभावमा गाईपालनको कार्य फस्टाउन सकेन । त्यसबेला काठमाडौँस्थित शङ्करदेव क्याम्पसबाटमा हरेन्द्र स्नातकोत्तरमा पढ्दै थिए ।
 
व्यवस्थापनतर्फको एमबिएसको शिक्षा ग्रहण गरेपछि बोहराले केही महिना गोल्छा अर्गनाइजेसनमा काम गरे । काम गरेकै बेला घरमै फर्केर केही गर्नुपर्छ । त्यो कार्य कृषिबाटै सम्भव हुने देखेर उहाँ घर फर्किएनुभयो । 

घर फर्केपछि, “केही महिना बुवासँगै काम गर”, उहाँले भन्नुभयो, “परम्परागतरुपमा गरिएको कार्य भएकाले लागत खर्च धेरै हुने र आम्दानी थोरै हुने गरेको थियो ।” परम्परागत कार्यलाई परिमार्जन गरी आधुनिक तरिकाले केरा खेतीलाई अगाडि बढाउन उहाँ अग्रसर हुनुभयो ।
 
“केराखेतीका लागि अगाडि बढाउनका लागि उहाँले सुरुमा बैंकबाट रु २० लाख कर्जाका रुपमा रकम लिए । कर्जाका रुपमा लिएको रकमले केराखेतीमा लगानी गरी प्रतिफल आशा गरेभन्दा बढी भएपछि त्यसलाई व्यवसायीकरण गरी विस्तार गरे”, उहाँले भन्नुभयो, “बैंकको व्याज र कर्जाबापत लिएको ऋण तिर्न भ्याए । त्यसपछि बैंकबाट थप कर्जा लिई कुखुरापालनको कार्य अगाडि बढाए । कृषि कार्यमा प्रयुक्त हुने पम्पसेट, विद्युतीय मोटर, ट्र्याक्टर, ट्राली, पावर टिलर सबै जोड्न सफल भए ।” उत्पादित कृषिजन्य वस्तु बजारसम्म ढुवानी गर्नका लागि हरेन्द्रसँग पिकप भ्यानसमेत रहेको छ । 

आम्दानी गर्ने स्रोत धेरै भए पनि पढेका युवाले गर्र्नै नमान्ने कृषि पेशालाई व्यावसायिकरुपमा अपनाएको उहाँ बताउनुहुन्छ । “शिक्षित व्यक्तिले कृषि कार्य गरे समाजमा असल सन्देश जान्छ”, उहाँले भन्नुभयो, “त्यसैले यस पेशामा जोस र जाँगरका साथ लागेको छु । यसमै खुसी छु ।” टेक्निकल कलेजमा लेखापालको पदमा कार्यरत बोहराका श्रीमतीलेसमेत जागिर छाडेर उहाँको कृषि कार्यमा साथ दिँदै आउनुभएको छ । 

उहाँ भन्नुहुन्छ, “कृषि पेशालाई निर्वाहमुखी नभएर व्यावसायिक बनाउनका लागि राज्यको नीतिमै निकै फेरबदल गर्नुपर्छ । राज्यको नीति निर्माण गर्ने तहमा कृषिमा संलग्न व्यक्तिकोसमेत प्रतिनिधित्व भए ।”

सबल कृषि नीति निर्माण भई कृषिबाटै सवल अर्थतन्त्र निर्माण गर्न सकिन्छ । युवालाई कृषि कार्यमा सहजरुपमा लाग्नका लागि वातावरण कायम गरिनुपर्छ । त्यसपछि मात्रै देशले विकासमा फड्को मार्न सक्छ ।” सफल किसानका रुपमा परिचित हरेन्द्रबाट प्रेरणा लिएर हाल धेरै जना युवा कृषि पेशामासमेत संलग्न हुन थालेका छन् ।