काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
सोमबार अध्यक्ष नेपालले सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् ।
उनले भनेको छन्, ‘श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना’
आज कृष्ण जन्माष्टमीको अवसरमा देशैभरी सार्वजनिक बिदा दिइएको छ । त्यस्तै सुदुरपश्चिम प्रदेशमा प्रचलित गौरा पर्वपनि आज धुमधामका साथ मनाइदै छ ।