३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

चर्चित भारतीय सेयर लगानीकर्ता राकेश झुनझुनवालाको निधन

चर्चित भारतीय सेयर लगानीकर्ता राकेश झुनझुनवालाको निधन
अ+ अ-

मुम्बई । दलाल स्ट्रीटका ‘बिग बुल’ भनेर चिनिने लगानीकर्ता राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा आज मुम्बईमा निधन भएको छ । स्रोतका अनुसार उनी मधुमेह र मिर्गौलासम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए । झुनझुनवालालाई ब्रीच क्यान्डी अस्पताल लगिएको थियो, जहाँ उनलाई आज बिहान मृत घोषणा गरिएको थियो।

एक स्व–निर्मित ट्रेडर, इन्भेस्टर र व्यापारी (भारतका वारेन बफेट पनि भनिन्छ) एक आयकर अधिकारीका छोरा थिए । उनका श्रीमती र तीन छोराछोरी छन्। केही दिनअघि सस्तो एयरलाइन्स आकासा एयरको सुरुवातमा उनको अन्तिम सार्वजनिक उपस्थिति थियो। योग्यताका आधारमा चार्टर्ड एकाउन्टेन्ट र दिग्गज लगानीकर्ता यनी विगत केही महिनादेखि अस्वस्थ थिए र सार्वजनिक कार्यक्रममा ह्वीलचेयरमा देखिएका थिए ।

फाब्र्सका अनुसार करिब पाँच अर्ब ८० करोड डलरको अनुमानित सम्पत्तिसँगै झुनझुनवाला भारतको ३६औँ धनी अर्बपति थिए । उनी व्यापार र लगानी दवै संसारलाई सफलतापूर्वक ह्यान्डल गर्न सक्ने बजार सहभागीहरूमध्ये एक दुर्लभ व्यत्ति थिए । झुनझुनवालाले व्यापारी भएर ‘ले फटाफट, दे फटाफट’ गर्न सक्थे र युगौँसम्म टाइटनजस्तो रत्नमा पनि बस्न सक्थे।

झुनझुनवालाले सन् २०१५ मा टाइटन लिन थाले र त्यसबेलादेखि टाटा स्टकमा उनको लगानी ११ हजार करोड रुपैयाँ पुगेको बजार तथ्याङ्कले देखाएको छ। उनीसँग सार्वजनिक रूपमा ३२ स्टकहरू छन्।

अनुभवी व्यापारी–सह–लगानीकर्ता झुनझुनवालाले यथार्थपरक अपेक्षाहरू राख्ने कुरामा जोड दिन्थे। मिडिया अन्तर्वार्तामा उनले भनेका थिए कि यदि कसैले आफ्नो पोर्टफोलियोमा १८ वा २१ प्रतिशत प्रतिफल दिन सक्छ भने तिनीहरू राजा वा सम्राटहरू भन्दा कम छैनन्।

झुनझुनवाला स्टार हेल्थ र एपटेक लिमिटेड जस्ता धेरै कम्पनीका प्रवर्द्धक पनि थिए। उनको ट्रेडिङ र इन्भेष्टमेन्ट फर्म रेयर इन्टरप्राइजेजको नाम उनको नाम र उनकी श्रीमती रेखाको नामको पहिलो दुई अक्षरबाट आएको हो।

गत वर्ष झुनझुनवाला र उनकी श्रीमतीलाई भेटेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई अदम्य, जीवनले भरिएको, विचित्र र अन्तरदृष्टिको रूपमा वर्णन गरे। “उहाँले आर्थिक संसारमा अमिट योगदान छोड्नुभयो। उहाँ भारतको प्रगतिको बारेमा पनि धेरै भावुक हुनुहुन्थ्यो। उहाँको निधन दुःखद छ। उहाँको परिवार र प्रशंसकहरूलाई मेरो समवेदना। ओम शान्ति”, मोदीले ट्विट गर्दै भनेका छन् ।
इकोनमिक टाइम्सबाट