२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित भारतीय सेयर लगानीकर्ता राकेश झुनझुनवालाको निधन



अ+ अ-

मुम्बई । दलाल स्ट्रीटका ‘बिग बुल’ भनेर चिनिने लगानीकर्ता राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा आज मुम्बईमा निधन भएको छ । स्रोतका अनुसार उनी मधुमेह र मिर्गौलासम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए । झुनझुनवालालाई ब्रीच क्यान्डी अस्पताल लगिएको थियो, जहाँ उनलाई आज बिहान मृत घोषणा गरिएको थियो।

एक स्व–निर्मित ट्रेडर, इन्भेस्टर र व्यापारी (भारतका वारेन बफेट पनि भनिन्छ) एक आयकर अधिकारीका छोरा थिए । उनका श्रीमती र तीन छोराछोरी छन्। केही दिनअघि सस्तो एयरलाइन्स आकासा एयरको सुरुवातमा उनको अन्तिम सार्वजनिक उपस्थिति थियो। योग्यताका आधारमा चार्टर्ड एकाउन्टेन्ट र दिग्गज लगानीकर्ता यनी विगत केही महिनादेखि अस्वस्थ थिए र सार्वजनिक कार्यक्रममा ह्वीलचेयरमा देखिएका थिए ।

फाब्र्सका अनुसार करिब पाँच अर्ब ८० करोड डलरको अनुमानित सम्पत्तिसँगै झुनझुनवाला भारतको ३६औँ धनी अर्बपति थिए । उनी व्यापार र लगानी दवै संसारलाई सफलतापूर्वक ह्यान्डल गर्न सक्ने बजार सहभागीहरूमध्ये एक दुर्लभ व्यत्ति थिए । झुनझुनवालाले व्यापारी भएर ‘ले फटाफट, दे फटाफट’ गर्न सक्थे र युगौँसम्म टाइटनजस्तो रत्नमा पनि बस्न सक्थे।

झुनझुनवालाले सन् २०१५ मा टाइटन लिन थाले र त्यसबेलादेखि टाटा स्टकमा उनको लगानी ११ हजार करोड रुपैयाँ पुगेको बजार तथ्याङ्कले देखाएको छ। उनीसँग सार्वजनिक रूपमा ३२ स्टकहरू छन्।

अनुभवी व्यापारी–सह–लगानीकर्ता झुनझुनवालाले यथार्थपरक अपेक्षाहरू राख्ने कुरामा जोड दिन्थे। मिडिया अन्तर्वार्तामा उनले भनेका थिए कि यदि कसैले आफ्नो पोर्टफोलियोमा १८ वा २१ प्रतिशत प्रतिफल दिन सक्छ भने तिनीहरू राजा वा सम्राटहरू भन्दा कम छैनन्।

झुनझुनवाला स्टार हेल्थ र एपटेक लिमिटेड जस्ता धेरै कम्पनीका प्रवर्द्धक पनि थिए। उनको ट्रेडिङ र इन्भेष्टमेन्ट फर्म रेयर इन्टरप्राइजेजको नाम उनको नाम र उनकी श्रीमती रेखाको नामको पहिलो दुई अक्षरबाट आएको हो।

गत वर्ष झुनझुनवाला र उनकी श्रीमतीलाई भेटेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई अदम्य, जीवनले भरिएको, विचित्र र अन्तरदृष्टिको रूपमा वर्णन गरे। “उहाँले आर्थिक संसारमा अमिट योगदान छोड्नुभयो। उहाँ भारतको प्रगतिको बारेमा पनि धेरै भावुक हुनुहुन्थ्यो। उहाँको निधन दुःखद छ। उहाँको परिवार र प्रशंसकहरूलाई मेरो समवेदना। ओम शान्ति”, मोदीले ट्विट गर्दै भनेका छन् ।
इकोनमिक टाइम्सबाट