२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनको बैठक जारी, आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी



अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबिच बिहानैदेखी छलफल सुरु भएको छ ।  मन्त्रालय भागबण्डामा सहमति जुट्न नसक्दा सत्तारुढ गठबन्धन दलहरु फेरी छलफलमा जुटेका हुन् । 

सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु शनिबारदेखी निरन्तर मन्त्रिपरिषद विस्तार र मन्त्रालयहरुको भागबण्डाका लागि छलफल जुटपनि सहमतीमा पुग्न सकेका छैनन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्मकमल दाहाज प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई सहभागी रहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको डेढ महिना पुग्दा पनि दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति हुन नसक्दा मन्त्रिपरिषदले पूर्णता पाएको छैन ।  

गठबन्धनमा आबद्ध दलहरुको पछिल्ला बैठकहरुले निकास दिन नसपनी आज चाहिँ सहमति जुटाएर मन्त्री बन्नेहरूको नाम टुंगो लगाउने र सम्भवतः आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको जनाइएको छ ।