६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्छः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौँ वार्षिक साधारणसभामा उहाँले पार्टीलाई एकताबद्ध गर्दै जनमतलाई जोडेर अगाडि बढेको अवस्थामा माओवादी फेरि देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताउनुभयो ।

“सबैलाई पुनः एकताबद्ध बनाएर तथा विचार र मुद्दामा निकट भएका व्यक्ति/समूहलाई सँगै लिएर जानुछ, संविधान र गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनलाई अगाडि बढाउनुछ”, उहाँले भन्नुभयो, “वामपन्थी विचारलाई एक ठाउँमा केन्द्रित गर्ने रणनीतिका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।” देशभित्र वा बाहिर रहेका जनतामा माओवादी पार्टी तथा नेतृत्वप्रतिको भरोसा र विश्वास टुटेको आफूले नपाएको उल्लेख गर्दै उहाँले पार्टीले विगतमा खेलेको भूमिकाका बारेमा जनतामा अगाध आस्था र विश्वास रहेको बताउनुभयो ।

“कहीँ समस्या छ भने त्यो नेतामा छ, नेताको एउटा पङ्क्तिमा व्यवहार र विचार तथा नीति र नेतृत्वप्रतिको विश्वास धर्मराएको छ । नेताहरु एकढिक्का भएर जाने हो भने मुलुकमा फेरि पनि माओवादीले नेतृत्व गर्ने अवस्था आउँछ ।”

पछिल्ला दिनमा माओवादीप्रति जनतामा आकर्षण बढ्दै गएको उल्लेख गर्दै उहाँले विचार र व्यवहारमा एकरुपता हुन नसक्दा एवं पार्टीभित्रको गुटबन्दी अन्त्य नहुँदा निर्वाचनमा कमजोर नतिजा देखिएको स्वीकार गर्नुभयो । “स्थानीय निर्वाचनमा हाम्रो जनमत खस्केको होइन, जनतामा आकर्षण घटेर माओवादीको सिट गुमेको भए हामीले कमजोरी ग¥यौँ, जनताले साथ दिएनन् भन्न हुन्थ्यो”, अध्यक्ष दाहालले भन्नुभयो, “जनताको साथ समर्थन रह्यो । तर पार्टीभित्रै अन्तरविरोधका कारण यसअघि जितेका स्थानीय तह गुमायौँ ।”

आसन्न प्रतिनिसधभा र प्रदेशसभा सदस्य निर्वाचनमा पनि माओवादीप्रति अहिले देखिएको आकर्षणलाई बचाउन सक्नुपर्ने उहाँको भनाइ थियो । पछिल्लो समय विभिन्न पार्टीबाट माओवादीमा प्रवेश गर्ने लहर नै चलेको उल्लेख गर्र्दै उहाँले आगामी निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो पार्टी बन्ने बताउनुभयो । “अहिले फेरि पूर्वमाओवादी र अन्य कम्युनिष्ट घटकबाट माओवादीमा आउने लहर चलेको छ”, उहाँले भन्नुभयो, “माओवादीप्रतिको आकर्षणलाई बचाउन सकियो भने वामपन्थीतर्फ पहिलो पार्टी बन्ने सम्भावना छ ।”

पार्टीभित्र विचारको भन्दा पनि नेतृत्वको आलोचना गर्ने र गुटबन्दी गर्ने अवस्था आएको भन्दै उहाँले पार्टीभित्रको गुटबन्दी हल गर्न छानबिन समिति नै बनाउनुपर्ने अवस्था देखिएको बताउनुभयो । विचार र आचरणका बीचमा देखिएको अन्तरविरोधलाई हल गर्ने प्रश्न माओवादीका अगाडि आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कहीँ न कहीँ आचरण र विचारमा विचलनका गम्भीर सङ्केत देखिएका छन्, पार्टीका काममा, निर्वाचनका समयमा, जनपरिचालनका क्रममा त्यस्तो प्रवृत्ति अझ गम्भीर ढङ्गले देखिने गरेको छ ।”