काठमाडौं । सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ ।
सोमबार दिउँसो १ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने एजेण्डा छ ।
आजै बिहान सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकिएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठक बोलाएका हुन् ।
स्थायी समिति सदस्य हरिबोल गजुरेलको नेतृत्वमा सरकारमा सहभागी गराउने विषयमा नेताहरुबीच छलफल भइरहेको बताइएको छ ।