६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

दार्चुला प्रकरणमा सरकारको दृष्टिकोण के हो ? प्रम देउवाको जवाफ “अ-अ” मात्र

दार्चुला प्रकरणमा सरकारको दृष्टिकोण के हो ? प्रम देउवाको जवाफ “अ-अ” मात्र
अ+ अ-

काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारको अडान के हो भन्दै प्रधानमन्त्री देउवालाई प्रश्न गरेका छन् । सरकारको काम कारबाही, मन्त्रीमण्डलको पूर्णता लगायतका विषयमा छलफल गर्न बसेको बैठकका केही नेताहरुले दार्चुला प्रकरणमा सरकारको धारणा माग गरेका हुन् । 

बैठकमा सहभागी एक नेताका अनुसार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले महाकाली नदि तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तार खुस्काइदिँदा जयसिंह धामी महाकाली नदीमा खसेका घटनाम सरकारले प्रष्टदृष्टिकोण राख्न नसकेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना गर्नुभयो । 

बैठकमा उहाँले भन्नुभयो, राष्ट्रले यस विषयमा जवाफ खोजिरहेको छ, छानबिन समितिको प्रतिवेदन पनि सार्वजनिक हुनुपर्यो, हाम्रो अडान प्रष्ट पार्नुपर्यो र त्यसका आधारमा भारतसँग वार्ता गर्नुपर्यो, भारतले गल्ती स्वीकार गर्नुपर्छ । बारम्बार नेताहरुले यस विषयलाई उठाए पनि प्रधानमन्त्री देउवाले भने स्पष्ट जवाफ दिनुभएन । बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री देउवाले पटक पटक "अ-अ" मात्र भन्दै विषयान्त्र गर्नुभएको थियो ।  

गत १५ साउनमा महाकाली नदि तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुईनको तार खुस्काइदिँदा जयसिंह धामी महाकाली नदीमा खसेका थिए । धामीको अबस्था हालसम्म अज्ञात रहेको छ । चौतर्फी दवाव पछि सरकारले गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति बनाए पनि अहिलेसम्म समितिले प्रतिवेदन तयार पारेको छैन । १० दिनको समयसीमा दिई गठन गरिएको समितिको म्याद पटक पटक थपिएको छ । उता संसदीय समितिले पनि गृहमन्त्री बालकृष्ण खाडलाई घटनाको सत्य तथ्य बाहिर ल्याउन निर्देशन दिएको छ । सरकारले भने धामीको परिवारलाई १० लाख रुपियाँ क्षतीपूर्ति दिने निर्णय गरेको छ ।