• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते

यस्तो छ जनैको पौराणिक महत्व र धारण गर्ने तरिका



रक्षाबन्धन गर्दा उच्चारण गर्ने मन्त्र

येन बद्धो बलिराजा दानवेन्द्रो महाबल
तेन त्वां प्रतिबध्नामी रक्षमा चलमा चल

अर्थात् वामन अवताररूपी विष्णु भगवानले दानवराज बलिराजालाई उनको सुरक्षाको लागि जुन बन्धनले बाँधेका थिए, त्यही बन्धनले तपाईँको हातमा पनि बाँधिदिएको छु, तपाईँको रक्षा होस् । यसरी दिने गरिन्छ रक्षाबन्धनका क्रममा आशिर्वाद ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेलेको ग्रन्थमा पाइन्छ । यसबाट अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएको पौराणिक मान्यता छ । यसै मान्यताका आधारमा यो पर्व मनाउन थालिएको पनि पाइन्छ ।

कसरी बनाइन्छ जनै ? हेर्नुस जनैको पौराणिक महत्व

आज जनै पूर्णिमा ।श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारणसहित डोरो बाँधेर मनाउने प्रचलन छ । श्रावण महिनामा गरिने स्नान भएकाले यस पर्वलाई श्रावणी स्नान भनेर पनि भन्ने गरिएको छ ।
वैदिक परम्परामा जनैको ठूलो महत्व छ ।

यसलाई एक पवित्र बन्धनका रुपमा श्रद्धा गर्ने गरिएको छ । जनैको निर्माण प्रक्रियाले पनि यसको पौराणिक र धार्मिक महत्वलाई बढाएको पाइन्छ । एक जनैमा ९६ सुत प्रयोग भएका हुन्छन् । नौ गुना र तीन डोरा अनि पाँच ग्रन्थी गरी यसलाई तयार गरिन्छ । सामान्यतया मनुष्यको आयु सय वर्षको मानिएको छ ।

चार वर्ष पूरा गरी पाँच वर्षमा प्रवेश पछि उपनयन गरी धारणा गरिने जनैका जम्मा ९६ डोराले अब बाँकी जीवन अवधि ९६ वर्ष रहेको कुरा पनि जनाउने गर्दछ ।

यसपछि जनैमा प्रयोग गरिने जुन नौ गुना छ, त्यसले शरीरमा विद्यमान नौ द्वारको सङ्केत पनि गरेको हुन्छ । जनै बनाउँदा पाँच ग्रन्थी अर्थात् पाँच गाँठा पारिन्छ । यी पाँच गाँठालाई पञ्चमहायज्ञका प्रतीकका रुपमा लिइएको छ । यस्तैगरी यस दिन बाँधिने रक्षाबन्धन पनि रक्षाकै खातिर बाँधिने अभिमन्त्रित डोरो हो ।

हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ ।

जनै शब्दको अर्थ जनाउनु अथवा जानकारी दिनु हुन जान्छ । अतः जनै धारण गर्ने व्यक्तीका लागी अन्य व्याक्तिलाई जनैले धेरै कुराहरूको जानकारी दिइरहेको हुन्छ । जस्तैः जनै धारण गरेको व्याक्ति हिन्दू वैदिक सनातनी हो भन्ने जनाउने गर्छ । दिशा पिसाब गरेर हात मुख नधोइन्जेलसम्म जनै कानमा राख्ने गरिन्छ । यदि कसैको कानमा जनै झुन्डाएको देखिएमा यो व्याक्ति हात मुख धोएर शुद्ध भएको छैन भन्ने जानकारी जनैले दिन्छ ।

जनैमा गाँठो लगाउँदा छुट्टाछुट्टै गोत्र र पर्वर अनुसारको गाँठो दिइन्छ । यसरी जनैको गाँठो देखेर जनै धारकको गोत्र र पर्वरको जानकारी जनैले दिन्छ । यस्तै धेरै कुराको जानकारी गराउने जनै पौराणिक कालमा सुनको बनाउने गरिन्थ्यो । कालान्तरमा चाँदीको र अहिले आएर धागोको जनै बनाउन थालिएको छ ।

जनै धारण कसरी गर्ने ?

जनै धारण गर्दा नाभीभन्दा माथि अथवा तल हुनु हुदैन ठिक्क नाभीसम्म मात्र हुनुपर्छ भन्ने शास्त्रहरूको मान्यता रहेको छ । शुद्ध जमिनमा उम्रेको कपासलाई सधवा ब्राह्मणी (ब्राह्मणको पत्नी)ले कातेको धागोको जनै बनाएर जनै पूर्णिमाको दिन वैदिक मन्त्रद्वारा पूजन गरी जनै धारण गर्नुपर्ने कुरा शास्त्रहरूमा उल्लेख गरिएको छ । जनै पूर्णिमा र रक्षाबन्धनको सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

(साधक शिखरबाबाको फेसबुक वालबाट)