४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

यस्तो छ जनैको पौराणिक महत्व र धारण गर्ने तरिका

यस्तो छ जनैको पौराणिक महत्व र धारण गर्ने तरिका
अ+ अ-

रक्षाबन्धन गर्दा उच्चारण गर्ने मन्त्र

येन बद्धो बलिराजा दानवेन्द्रो महाबल
तेन त्वां प्रतिबध्नामी रक्षमा चलमा चल

अर्थात् वामन अवताररूपी विष्णु भगवानले दानवराज बलिराजालाई उनको सुरक्षाको लागि जुन बन्धनले बाँधेका थिए, त्यही बन्धनले तपाईँको हातमा पनि बाँधिदिएको छु, तपाईँको रक्षा होस् । यसरी दिने गरिन्छ रक्षाबन्धनका क्रममा आशिर्वाद ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेलेको ग्रन्थमा पाइन्छ । यसबाट अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएको पौराणिक मान्यता छ । यसै मान्यताका आधारमा यो पर्व मनाउन थालिएको पनि पाइन्छ ।

कसरी बनाइन्छ जनै ? हेर्नुस जनैको पौराणिक महत्व

आज जनै पूर्णिमा ।श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारणसहित डोरो बाँधेर मनाउने प्रचलन छ । श्रावण महिनामा गरिने स्नान भएकाले यस पर्वलाई श्रावणी स्नान भनेर पनि भन्ने गरिएको छ ।
वैदिक परम्परामा जनैको ठूलो महत्व छ ।

यसलाई एक पवित्र बन्धनका रुपमा श्रद्धा गर्ने गरिएको छ । जनैको निर्माण प्रक्रियाले पनि यसको पौराणिक र धार्मिक महत्वलाई बढाएको पाइन्छ । एक जनैमा ९६ सुत प्रयोग भएका हुन्छन् । नौ गुना र तीन डोरा अनि पाँच ग्रन्थी गरी यसलाई तयार गरिन्छ । सामान्यतया मनुष्यको आयु सय वर्षको मानिएको छ ।

चार वर्ष पूरा गरी पाँच वर्षमा प्रवेश पछि उपनयन गरी धारणा गरिने जनैका जम्मा ९६ डोराले अब बाँकी जीवन अवधि ९६ वर्ष रहेको कुरा पनि जनाउने गर्दछ ।

यसपछि जनैमा प्रयोग गरिने जुन नौ गुना छ, त्यसले शरीरमा विद्यमान नौ द्वारको सङ्केत पनि गरेको हुन्छ । जनै बनाउँदा पाँच ग्रन्थी अर्थात् पाँच गाँठा पारिन्छ । यी पाँच गाँठालाई पञ्चमहायज्ञका प्रतीकका रुपमा लिइएको छ । यस्तैगरी यस दिन बाँधिने रक्षाबन्धन पनि रक्षाकै खातिर बाँधिने अभिमन्त्रित डोरो हो ।

हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ ।

जनै शब्दको अर्थ जनाउनु अथवा जानकारी दिनु हुन जान्छ । अतः जनै धारण गर्ने व्यक्तीका लागी अन्य व्याक्तिलाई जनैले धेरै कुराहरूको जानकारी दिइरहेको हुन्छ । जस्तैः जनै धारण गरेको व्याक्ति हिन्दू वैदिक सनातनी हो भन्ने जनाउने गर्छ । दिशा पिसाब गरेर हात मुख नधोइन्जेलसम्म जनै कानमा राख्ने गरिन्छ । यदि कसैको कानमा जनै झुन्डाएको देखिएमा यो व्याक्ति हात मुख धोएर शुद्ध भएको छैन भन्ने जानकारी जनैले दिन्छ ।

जनैमा गाँठो लगाउँदा छुट्टाछुट्टै गोत्र र पर्वर अनुसारको गाँठो दिइन्छ । यसरी जनैको गाँठो देखेर जनै धारकको गोत्र र पर्वरको जानकारी जनैले दिन्छ । यस्तै धेरै कुराको जानकारी गराउने जनै पौराणिक कालमा सुनको बनाउने गरिन्थ्यो । कालान्तरमा चाँदीको र अहिले आएर धागोको जनै बनाउन थालिएको छ ।

जनै धारण कसरी गर्ने ?

जनै धारण गर्दा नाभीभन्दा माथि अथवा तल हुनु हुदैन ठिक्क नाभीसम्म मात्र हुनुपर्छ भन्ने शास्त्रहरूको मान्यता रहेको छ । शुद्ध जमिनमा उम्रेको कपासलाई सधवा ब्राह्मणी (ब्राह्मणको पत्नी)ले कातेको धागोको जनै बनाएर जनै पूर्णिमाको दिन वैदिक मन्त्रद्वारा पूजन गरी जनै धारण गर्नुपर्ने कुरा शास्त्रहरूमा उल्लेख गरिएको छ । जनै पूर्णिमा र रक्षाबन्धनको सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

(साधक शिखरबाबाको फेसबुक वालबाट)